काठमाडौं । कान्तिपुर दैनिकको प्रधान-सम्पादकमा पत्रकार नारायण वाग्लेलाई नियुक्ति गरिएको छ । कान्तिपुरको व्यवस्थापनले शुक्रवार वाग्लेलाई नियुक्त गरेको हो । प्रधान-सम्पादकबाट सुधिर शर्माले राजिनामा दिएपछि वाग्लेलाई नयाँ जिम्मेवारी दिइएको हो ।
१० वर्षअघि वाग्लेले कान्तिपुरको प्रधान-सम्पादकबाट राजीनामा दिएका थिए। त्यसपछि उनी नागरिक दैनिकमा तीन वर्ष प्रधान-सम्पादक भएका थिए । पल्पसा क्याफे उपन्यासबाट मदन पुरस्कार जितेका वाग्ले पछिल्लो समय सेतोपाटीमा प्रमुख लेखक तथा टिप्पणीकार थिए।
तर द काठमाडौं पोष्टको प्रधान-सम्पादक भने अहिलेसम्म नियुक्ति गरिएको छैन ।