मुख्यमन्त्री राउतलाई मातृशोक

आजभोलि

जनकपुरधाम । प्रदेश नम्बर २ को मुख्यमन्त्री लालबाबु राउतलाई मातृ शोक परेको छ । करीब ७० वर्षको उमेरमा शुक्रबार दिउसो सवा तीन बजे मुख्यमन्त्री राउतको आमा राधिका देवीको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

समान्य ज्वरो आए पछि उपचारको लागि तीन दिन अघि भारत विहारको रक्सौल स्थित डंकन अस्पतालमा भर्ना उहाँको उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उहाँलाई अन्तिम संस्कारको लागि आजै पैतृक गाँउ पर्साको जगन्नाथपुर लाने र भोली विहान ९ बजे मुश्लिम परम्परा अनुसार अन्तिम संस्कार गरिने मुख्यमन्त्री राउतका स्वकीय सचिव दिपक यादवले जनाएका छन ।

मृतका राउतका २ छोरा र दुई छोरी हुनुहुन्छ । जेठो छोरा लालबाबु राउत प्रदेश नं. २को मुख्यमन्त्री हुनुहुन्छ भने कान्छो छोरा रामबाबु राउत कृषक हुनुहुन्छ ।

  • २९ असार २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !