उपत्यकामा जथाभावी बाटो काट्न रोक : नियम नमाने २ घण्टा प्रहरी नियन्त्रणमा

आजभोलि

उपत्यकामा जथाभावी बाटो काट्न रोक : नियम नमाने २ घण्टा प्रहरी नियन्त्रणमा

काठमाडौं । उपत्यका ट्राफिक कार्यालयले काठमार्डौमा पैदल यात्रुका लागि नयाँ नियम लागू गरेको छ । साउन १ गतेबाट लागू हुने गरि ल्याएको नियममा पैदल यात्रुले जथाभावी बाटो काटेमा उसलाई दुई घण्टा प्रशिक्षण दिने जनाएको छ । प्रहरीले सचेतनामुल कार्यक्रम भने पनि यो नियन्त्रणमुखी कार्यक्रम हुनेछ ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले आकाशे पुल र जेब्राक्रसिङबाट यात्रुलाई बाटो काट्न सिकाउनका लागि यो अभियान संचालन गरेको जनाएको छन् । उनका अनुसार पहिलो चरणमा उपत्यकाका १२ ओटा स्थानमा लागू गरिने जनाएको छ ।

पहिलो चरणमा ठिमी, कोटेश्वर, नयाँ बानेश्वर, थापाथली, त्रिपुरेश्वर, पुरानो बसपार्क, केशरमहल, सिंहदरबार, गौशाला, महाराजगञ्ज, कालीमाटी र जावलाखेलमा यो अभियान संचालन गरिने छ । यसका लागि प्रहरी निरीक्षकको नेतृत्वमा एक जवान खटाएको छ । टोलीले बिहान ९ देखि ११ बजे र साँझ ४ देखि ६ बजेसम्म सडकमा बसेर प्रशिक्षण दिनेछ ।

महाशाखाले नयाँ सडकद्वार, वीर अस्पताल, भोटाहिटी, जमल, रणोद्धिप, पुरानो बसपार्क, भद्रकाली, नागस्थान र नयाँ बसपार्कमा आकाशे पुलको प्रयोग गर्न यात्रुलाई आग्रहसमेत गरेको छ । पुल नभएको स्थानमा जेब्रा क्रसिङबाट मात्र सडक पार गर्न भनिएको छ ।

  • ३१ असार २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !