काठमाडौं । चन्द्रागिरीको भालेश्वर मन्दिर परिषरमा पुगेर प्रधानमन्त्री ओलीले भावपूर्ण कविता रचना गर्नुभएको छ । कार्यक्रम समापनको अवसरमा मन्तव्य दिने क्रममा प्रधानमन्त्री ओलीले कविता बाचन गरेका थिए । प्रधानमन्त्रीले लेखेको कविता यस प्रकार रहेको छ ।
परिवर्तनशील दुनियाँमा सधैँ बाँचेको को छ र !
बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदै छ।
मरे पनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ
सगरमाथा, लुम्बिनी, मेची, महाकाली
हाम्रा लहलह खेतबारी, झपक्क कान्ला र आली।
सपनामा भए पनि देख्न पाउँ
चन्द्रागिरिको डाँडामा आएर सपनामा भावी सन्तति मुस्कुराएको देख्न पाउँ
तिनको हँसिलो मुहारको तस्बिर खिच्न पाउँ
म मरेपनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ।