नेपाली युवाहरुले ई-कमर्श कारोबार मार्फत जापानवाट व्यवसाय सुरु

आजभोलि

टोकियो। जापानवाट विश्वव्यापी ब्रान्डका रुपमा ई कमर्श कारोबार गर्ने उदेश्य सहित “लगानी गरौ र साथसाथ अगाडी बढौं” तथा रेफरल र आर्जन विशेष रणनीति” नाराकासाथ रारामार्टको लगानीकर्ता भेटघाट तथा व्यवसायीक छलफल कार्यक्रम आज टोकियो सिनओकुवोको सोलमारी हलमा भव्य रुपमा सम्पन्न भएको छ।

नेपाली तथा विदेशी लगानीकर्ताहरुलाई सहभागी गराउदै ई कमर्शको दुनियामा जापानको हकमा आफ्नो सपिंग प्लेटफर्मवाट विक्रेता र क्रेताहरुलाई उन्नत सेवा प्रदान गर्ने बताएको छ। जापानमा दर्ता गराएर आफ्नो क्षेत्रीय कारोबारको रुपमा नेपालमा रारा कर्पोरेशन प्रा। ली नामवाट औपचारिक तवरले आफ्नो सेवा प्रदान सुरु गरेको छ।

क्रेता र विक्रेताहरुलाई ईन्टरनेटमा आधारीत र प्रयोग गर्नु अति सहज प्लेटफर्म तथा समयसापेक्ष तरीकाहरु पनि दिने रारा मार्टका कार्यकारी प्रमुख डा जिबन अम्गाईले बताएका छन्। विश्वबजारमा रहेका ग्लोबल अनलाईन ब्रान्ड सपिंगहरु र बिजिनेश मोडेलहरु मध्ये भिन्न अन्वेषण र समयसापेक्ष हुने तथा भेन्डर र क्लाईन्ट एप्रोचहरुलाई विशिष्ट बनाउने कुरा जनाएका छन्। जापानको कोबेमा यो ब्रान्ड स्थापना गर्दै नेपालमा कारोबार सुरु गरीसकेको छ।

जापानमा रहेका प्रवासी टोकीयोवासी धेरै नेपालीहरुले पनि रारामार्ट विजिनेश मोडेलवारे वुझेर लगानी गर्ने तिब्र ईच्छा प्रकट गरेपछि संस्थापकहरु डा जिबन अम्गाई, डा भरत नेगी र प्रकाशचन्द्र सापकोटा विजिनेश मोडेल बोकेर कार्यक्रम गर्नु आतुर हुनभएको थियो भने विभिन्न क्षेत्र र क्षमताका युवाहरु लगानी गर्नु ईच्छुक रहेको बुझिएकोछ ।

नेपालमा सेवा सुरु गरीसकेको यो विजिनेश मोडेलवाट प्रभावित भई नेपालका ठुल्ठुला उधोगपती, व्यापारी, लगानी कर्ता, बैंकर्श, उधोग तथा वाणिज्य महासंघका पदाधिकारी, पूर्व पदाधिकारी, विज्ञहरुले लगानी गरीसकेका छन् भने लगानी गर्नु अन्य क्षेत्रका उधमशील व्यक्तित्वहरु निकै प्रभावित भएको बताईएको छ ।

नेपाली युवाहरुले आफ्नो ज्ञान, सीप र लगानीमा यस्ता नयाँ खाले व्यापारीक मोडेलहरु ल्याएकोमा यस क्षेत्रका सरोकारवाला व्यक्तित्वहरु निकै खुसी र प्रभावित भएको वताएका छन्।

२०१७ अगस्त महिनामा जापानमा स्थापना गरेको रारामार्टले नेपालवाट सेवा प्रदान गरेको छ भने निकट भविष्यमै विश्वबजारका नीतिगत र व्यवहारत रणनीतिक सम्भावना रहेका अमेरीका, भारत, कोरीया, मध्यपुर्वका देशहरु, युरोपका देशहरुमा २०२५ सम्म पुग्ने महत्वाकांक्षी र चुनौतीपूर्ण उदेश्य लिएको देखिन्छ।

  • ३१ असार २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या