बल प्रयोग गरी सेनाको हेलिकप्टरबाट डा. केसीलाई काठमाडौं ल्याइयोः अस्पतालभित्र प्रहरी हस्तक्षेप

आजभोलि

बल प्रयोग गरी सेनाको हेलिकप्टरबाट डा. केसीलाई काठमाडौं ल्याइयोः अस्पतालभित्र प्रहरी हस्तक्षेप

काठमाडौं । २० दिनदेखि जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसीलाई नेपाल सरकारले प्रहरी प्रयोग गरेर नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याएको छ । अहिले उनलाई शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ । प्रहरीले उनको इच्छा विपरित जबरजस्ती बल प्रयोग गरेर ल्याएको प्रत्यक्षदर्शी बताएका छन् ।

विहान अडियो सन्देश मार्फत डा. केसीले आफूले अनशसन नरोक्ने र जुम्लामै बस्ने बताएका थिए ।

दिउँसो प्रहरीले जुम्लामा अस्पताल भित्र प्रवेश गरी केसीलाई हेलिकप्टरसम्म प्रहरी घेरामा लगेका थिए । प्रहरी अस्पताल भित्र छिरेपछि स्थानीय बासिन्दाले प्रतिकार गरेका थिए । प्रहरीले स्थानीयमाथि लाठी चार्ज गरेका थिए ।

प्रहरीले अन्धाधुन्ध स्थानीय बासिन्दा, डाक्टर, स्वास्थ्यकर्मी, विरामी र कुरुवामाथि पनि लाठी चार्ज गरेको स्थानीय पत्रकारले जनाएका छन् ।

लाठी चार्ज गर्ने क्रममा प्रहरीले अस्पतालका सिसा ा तथा झ्यालहरु समेत फुटाएको प्रत्यक्षदर्शीले जनाएको छ ।

प्रहरीले बल प्रयोग गरेपछि विरामी, स्वास्थ्यकर्मी तथा विरामी कुरुवा रुदै भागाभाग गरेको जनाएको छ ।

डा.केसीले त्यहाँका कहाली लाग्दो अवस्थादेखेपछि निकै भावुक भएर आँखाभरी आशु बनाउँदै निरही बनेका उनको स्वास्थ्यमा संलग्न डाक्टरले जनाएका छन् । यसरी केसीमाथि सरकारले हस्तक्षेप गरी उनको सत्याग्रहमाथि धावा बोलेमा सामाजिक संजालमा व्यापक बिरोध भइरहेको छ । यद्यपी सरकरले भने बल प्रयोग नगरेको दाबी गर्दै आइरहेको छ ।

Photo: facebook.com

  • ३ श्रावण २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !