चन्दननाथ बाबाको पवित्रभूमिमा बसेर सत्याग्रह पूरा गर्ने डा. केसी सपना अधुरै (यस्तो छ, डा. केसीको अडियो सन्देश)

आजभोलि

चन्दननाथ बाबाको पवित्रभूमिमा बसेर सत्याग्रह पूरा गर्ने डा. केसी सपना अधुरै (यस्तो छ, डा. केसीको अडियो सन्देश)

काठमाडौं । डा. गोविन्द केसीले बिहीबार विहान एक अडियो सन्देश दिदै आफू जुम्लामै बसेर अनसन गर्ने बताएका थिए । उनले आफूलाई कुनै कठीनाई नभएको र स्वास्थ्यकर्मीले राम्रो उपचार गरिहेको बताएका थिए । उनले आफू चन्दननाथ बाबाको पवित्रभूमिमा बसेर सत्याग्रह गर्ने बताएका थिए । उनले सरकार आफ्नो सत्याग्रह तुहाउन लागि परेको आरोप समेत लगाएका छन् । उनको अडियो सन्देश बाहिर आएको केही घण्टामै प्रहरीले बल प्रयोग गरी हेलिकप्टरमा राखेर काठमाडौं पठाएका थिए ।


नमस्ते,
मेरो आज सत्याग्रहको २० औं दिन हो । म कर्णाली अञ्चलको जुम्ला जिल्लाको सदरमुकाम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सत्याग्रहरत छु ।
मलाई यहाँका चिकित्सक, नर्स प्यारामेडिसिनको टिमले राम्रोसँग उपचार दिइराख्नुभएको छ र म पूर्ण रुपमा सन्तुष्ट छु । तर, सुन्नमा के आएको छ भने मलाई राज्यले यहाँबाट अपहरण गरेर काठमाडौ लादैछ ?

हाम्रो अभियान तुहाउने प्रयास गर्दैछ भन्ने सुन्नमा आएको छ । , यदि राज्य मेरो स्वास्थ्यप्रति चिन्तित र सम्वेदनशील छ भने मेरा माग पूरा गर्नतिर लाग्नुपर्छ । त्यो भएपछि म अनसन तोड्छु । तर, म मेरा लागि यो पवित्रस्थल हो । र, चन्दननाथ बाबाको काखमा बसेर सत्याग्रह गरिरहेको छु । जबसम्म मेरो माग पुरा हुदैन तबसम्म जारी राख्नेछु ।

मेरो नागरिक अधिकार खोस्ने कसैलाई अधिकार छैन र गुण्डागर्दी चल्दैन । राज्यपक्ष माफिया, डन र अधिनायकवाद पोस्नतिर लागेको छ । जनताका हकविरुद्ध सरकार लागेको छ । र, माफिया डनको हार हुन्छ जनताको जीत हुन्छ ।

नमस्ते ।


 

  • ३ श्रावण २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या