नारायणगढ–मुग्लिन खण्ड ७६ घण्टा अवरुद्धः सडक जोखिम बढ्दो

आजभोलि

भरतपुर । नारायणगढ–मुग्लिन खण्डमा एकदिन अघिमात्रै १७ किलोमा सडक भाँसिदा पाँच घण्टा सडक अवरुद्ध भएको थियो । पछिल्लो समय यो क्रम जारी रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा रहेको तथ्याङ्क अनुसार गत जेठ २८ गते यता विभिन्न मितिमा १७ स्थानमा पहिरो खस्दा ७६ घण्टा १० मिनेट सडक अवरुद्ध भएको छ । खुलेकै वेला पनि पहिरो खसेको क्षेत्रमा वानवे हुँदा यात्रुले हैरानी ब्यहोर्नुपर्ने अवस्था छ ।

नारायणगढवाट १७ किलो मिटर मुग्लिनतर्फ रहेको १७ किलोमा ३० मिटर लम्वाई र सात मिटर सडक भाँसिने गरि चिरिएको छ । यो मात्रा वढेर अझै ७० मिटर लम्वाई र ८ मिटर चौडाइ सम्म पुग्ने विज्ञहरुको अनुमान छ ।यस सगै सडक चिरिएर भासिने अवस्था पुगेको भतेरी ओरालोमा सडक छेउको प्याराफिट भासिने अवस्थामा छ । यो दुवैको मर्मत सुधार हुन सकेको छैन ।

सडकसँगै पुल नै भाँसिन थालेपछि भने यो सडकको यात्रा जोखिम वढेको छ । सडकमा रहेका १८ वटा पुल सवै जीर्ण रहेपनि आयोजनाले मर्मत सुधार गर्न सकेको छैन । “१८ मध्ये ४ वटाको पुनःनिर्माणको काम शुरु भइसकेको छ अरु बाँकीका लागि वजेटको व्यवस्था भइसकेको छैन”, उहाँले भन्नुभयो ।

सन् २०१५ को अप्रिलमा सम्झौता भई पुनःनिर्माणको काम भइरहेको नारायणगढ मुग्लिन सडक विस्तारको काम अन्तिम चरणमा पुगेका वेला सडक भाँसिने र पुल भाँसिने समस्या देखिएको छ । यसका साथै सडक माथिवाट देखिएको ३१ स्थानको पहिरो जोखिम क्षेत्र सडकको थप जोखिम हो ।

दैनिक दश हजारका हाराहारीमा सवारी साधन ओहोर दोहोर गर्ने यो सडकमा यात्रा गर्ने लाखौ यात्रु अहिले पनि जोखिम नै मोलेर यात्रा गर्न वाध्यछन् ।

नारायणगढ–मुग्लिन खण्डमा सडक एवं पुल नै भासिएपनि त्यस क्षेत्रमा तत्काल डाइभर्सन भने नबन्ने भएको छ । वर्षात्को सिजन भएकोले यो वेला पहाड काट्दापहिरोको जोखिम झन बढी हुने भन्दै नारायणगढ–मुग्लिन सडक आयोजनाले डाइभर्सन बनाउने जोखिम नलिने भएको हो ।
“हिउँद नलागी यो वर्षात्मा डाइभर्सन गर्न सकिँदैन”, नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार विसुरालले भन्नुभयो, “पुल भासिएको वा सडक भासिएको ठाउँमा अहिले ‘वान वे’ ९एकोहोरो ० तरिकाले सवारी साधन सञ्चालन गरिएको छ । यो वर्षाद्को सिजनभरि नै जारी रहने छ ।”

“अहिले पनि सडक भन्दा माथिको भागवाट छहरा जसरी पानी झरिरहेको छ । यस्तो वेला पहाडको चट्टान काट्न लाग्यो भने पहिरोको जोखिम बढी हुन्छ”, सडक डाइभर्सनमा देखिने चुनौतीबारेऔँल्याउँदै प्रमुख विसुरालले भन्नुभयो ।

पुनःनिर्माणकै क्रममा रहेको नारायणगढ -मुग्लिन सडककोे काम नसकिँदै १७ किलो र भतेरी ओरालोमा सडक नै भासिएको छ भने मुग्लिन नजिकै पर्ने खहरे खोला पुल पनि सडक छेउबाट भासिएको छ ।

सडक भासिएसँगै भूगर्वविद् अच्यूत कोइरालाको नेतृत्वको विज्ञहरूको टोलीले सडकको स्थलगत निरीक्षण गर्दै पुरिएको माटोमाथि सडक विस्तार र तलवाट त्रिशूली नदीको कटान भएकै कारण सडक भासिएको जनाउँदै नयाँ ठाउँमा डाइभर्सन वनाएर सडक सञ्चालन गर्नुपर्ने सुझाव दिनुभएको थियो । तर आयोजनाले भने वर्षाद्को सिजनमा पहाड काटेर डाइभर्सन वनाउन नसकिने जनाएसँगै यो सडकमा यात्रा गर्ने यात्रुले थप हैरानी ब्यहोर्नुपर्ने भएको छ ।

“डाईभसन नभई सडक ‘वानवे’ हुँदा दैनिक ट्राफिक जामको समस्या छ । अझै माथिबाट पहिरो खस्यो भने त झनै जटिल छ”, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक प्रहरी निरीक्षक वेद गौतमले भन्नुभयो, “सडक जति सक्यो छिटो मर्मत सुधार गर्न सक्ने हो भने यात्रुले सहज यात्रा गर्न सक्ने छन् ।”
गोरखापत्रबाट

  • ५ श्रावण २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !