तरुण दल अध्यक्ष बस्नेत सहित दर्जनौ घाइतेः अश्रुग्याँससँगै अन्धाधुन्ध लाठी चार्ज

आजभोलि

काठमाडौं । नेपाल तरुण दलले आयोजना गरेको शान्तिपूर्ण र्यालीमा नेपाल प्रहरीले हस्तक्षेप गरेको छ । लाठी चार्ज हुँदा नेपाल तरण दलका अध्यक्ष जित जंग बस्नेत लगायतका नेता कार्यकर्ता घाइते भएका छन् ।

तरुण दलद्वारा आयोजित बिरोध कार्यक्रममा प्रहरीले विनाकारण लाठी चार्ज गरेको जनाइएको छ । शनिवार माइतीघर मण्डलामा भएका कार्यक्रम प्रहरीले हस्तक्षेप गर्दा तानबपूर्ण भएको थियो ।
मण्डलामा लाठी चार्ज भएपछि तरण दलको र्याली बानेश्वर पुगेको थियो । बानेश्वरमा पनि प्रहरीले लाठी चार्ज गरी र्याली तितरवितर बनाएको थियो । बानेश्वरमा पनि अश्रुग्यास समेत प्रहार गरेको जनाइएको छ ।

डा. गोविन्द केसी पक्षमा निकालिएको उक्त शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि तनाव सिर्जना भएको थियो । उक्त कार्यक्रममा नेपाली कांग्रेस बझाङ्गका नेता चेतराज बज्याल, प्रेस युनियनका महासचिव अजबाबु सिवाकोटी लगायतका घाइते भएका थिए ।

यता प्रहरीले भने आन्दोलनकारीबाट ढुंगामुढा प्रयोग भएपछि प्रहरीले बल प्रयोग गरेको जनाएको छ । प्रहरी तर्फ पनि इन्सपेक्टरसहित आधा दर्जन प्रहरी घाइते भएको जनाएको छ ।

  • ५ श्रावण २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !