काठमाडौं । पूर्व प्रधानन्यायधिश सुशीला कार्कीले डा. गोविन्द केसीको पूरा नभए देशमा आगो बल्न चेतावनी दिएकी छिन् । उनले भनिन्, यो राजनीतिक आन्दोलन हैन, सामाजिक आन्दोलन हो । यसकारण समयमै डा. केसीका माग पूरा नभए देशमा आगो बल्नेछ ।
डा. केसीमा मग जनताका माग भएकाले पूरा नगरे सरकार अनपपुलर हुदै जान्छ उनले भनिन् । उनले आफू बाध्य भएर बिरोधकम उत्रनु परेको जनाइन् ।
उक्त कार्यक्रम नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका युवा नेता गगन थापा, साहित्यकार खगेन्द्र संग्रौला लगायतका सामाजिक अभियन्ताको सहभागिता रहेको थियो ।
कार्यक्रम भइरहँदा प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । यसरी स्वतन्त्र व्यक्ति तथा सामाजिक अगुवाहरु डा. केसीको समर्थनमा सडक आउने क्रम तिब्र बन्दै गइरहेको छ ।