बझाङमा पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु

आजभोलि

काठमाडौं । खप्तड छान्ना गाउँपालिकामा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु भएको छ । र, दुई जना घाइते भएका छन् । उक्त घटना छान्ना गाउँपालिकाका बयाना भन्ने स्थानमा भएको हो ।

शनिबार पहिरोमा परी खप्तड छान्ना गाउँपालिका–६, बयानाका ४५ वर्षीया उजलीदेवी थापा, उनकी बुहारी ३२ वर्षीया महेश्वरी थापा र उनका ६ वर्षीय छोरा कृष्ण थापाको मृत्यु भएको जनाइएको छ । र, सोही ठाउँका २० वर्षीय मंगल थापाको पनि सोही पहिरोमा परी मृत्यु भएको छ ।

उक्त पहिरोमा परी स्थानीय ५ वर्षीय कविराज थापा र रिकेश थापा घाइते भएका छन् ।शनिबार मध्याह्न १२ बजेतिर गाउँनजिकै रहेको शिव मन्दिर गलेगडामा पहिरो जाँदा चौतारामा बसिरहेका र बाटोमा हिँड्दै गरेका उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाईतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । अझ पनि गाउँलेहरु पहिरो त्रासमा रहेको स्थानीयले जनाएका छन् ।

  • ५ श्रावण २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !