सर्लाही । रौतहट र सर्लाहीको सीमा भएर बग्ने बागमती नदीमा डुबेर आइतवार साँझदेखि दुई युवक बेपत्ता भएका छन् । नदीमा पौडी खेल्न गएका सर्लाहीको लालबन्दी नगरपालिका– १७ रानीगञ्जका २२ वर्षका सञ्जय बस्नेत र राजेश ब्लोन बेपत्ता भएका हुन् । उनीहरुसँगै डुबेका रामबहादुर श्रेष्ठ भने पौडी खेलेर बाहिर निस्कन सफल भएका छन् ।
बेपत्ताहरुको ईलाका प्रहरी कार्यालय कर्मैया सर्लाही, ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट खटिएका प्रहरी टोली र स्थानीय वाषिन्दाले खोजी गरिरहेका छन् । बागमतीमा पौडी खेल्न जाँदा वर्षेनी धेरै युवाहरुले ज्यान गुमाउँदै आएका छन् ।