प्रसाईंलाई तत्काल कारवाही नगरे नेविसंघले सशक्त प्रतिवाद गर्ने

आजभोलि

काठमाडौं । नेविसंघका केन्द्रीय उपाध्यक्ष उर्मिला थपलियाले एक वक्तव्य जारी गरी बी एण्ड सी अस्पतालका सन्चालक दुर्गा प्रसाईलाई कारबाही गर्न माग गरेको छ । उनले बंगलादेशमा मेडिकल अध्ययनरत छात्रामाथि लगाएको आरोपको कडा भत्सर्ना गरेकोछ ।

थपलियाद्वारा जारी वक्तव्यमा भनेको छ, बंगलादेशमा अध्ययनरत हाम्रा नेपाली छात्रामाथी विना आधार मनगणन्ते र भ्रामक लान्छनायुक्त अभिव्यक्ति दिने प्साइलाई तत्काल कारवाही गर्न माग गर्दछौं । अन्यथा नेपाल विद्यार्थी संघ यस्ता सामान्य मर्यादा समेत भुलेर दिइने अराजक अभिव्यक्तिका विरुद्ध कडा प्रतिवादमा उत्रन बाध्य हुने चेतावनी दिन चाहन्छौं ।

उपाध्यक्ष थपलियाले छात्राहरुको भावनामा चोट पुग्ने गरि अभिव्यक्ति दिनेमाथी कडा कारवाहीको माग गरेकी छन् ,उपाध्यक्ष थपलियाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘ नारीहरुको इज्जतमाथी लान्छित गर्ने अभिव्यक्तिको अभियोगमा प्रसाईलाई कारवाही नगरिए बंगलादेशबाट छात्राहरुले भनेजस्तै सरकारले सक्दैन भने नेपालका हजारौं छात्राहरुले अनियन्त्रित त्यस्ता मुखहरु सिउन बाध्य हुने अवस्था निर्माण नगर्न पनि सरकारको ध्यानाकर्षण गराउँदछौं ।

प्रसाईले बंगलादेशमा मेडिकल पढ्ने छात्रामाथि त्यहाका प्रोफेसरले करणी गर्ने गरेको गम्भिर आरोप लगाएका थिए । उनको उक्त विवादस्पद भनाईको चारैतिर आलोचना भइरहेको छ ।


विज्ञप्तिको पूर्ण पाठ

बंगलादेशमा मेडिकल शिक्षामा अध्ययनरत नेपाली छात्राहरुका बारेमा बी एण्ड सी अस्पतालका सन्चालक दुर्गा प्रसाईंले दिएको तल्लो स्तरको अभिव्यक्ति प्रति हाम्रो गम्भिर ध्यााकर्षण भएको छ । बंगलादेशमा अध्ययनरत छात्राहरुको मानमर्दन गर्ने र उनीहरुका आफन्त परिवारलाई चोट पुग्ने गरि दिइएको अभिव्यक्तिको घोर भत्र्सना गर्दछौं ।

बंगलादेशमा अध्ययनरत हाम्रा नेपाली छात्रामाथी विना आधार मनगणन्ते र भ्रामक लान्छनायुक्त अभिव्यक्ति दिने प्रसाईंलाई तत्काल कारवाही गर्न माग गर्दछौं । अन्यथा नेपाल विद्यार्थी संघ यस्ता सामान्य मर्यादा समेत भुलेर दिइने अराजक अभिव्यक्तिका विरुद्ध कडा प्रतिवादमा उत्रन बाध्य हुने चेतावनी दिन चाहन्छौं । नारीहरुको इज्जतमाथी लान्छित गर्ने अभिव्यक्तिको अभियोगमा प्रसाईलाई कारवाही नगरिए बंगलादेशबाट छात्राहरुले भनेजस्तै सरकारले सक्दैन भने नेपालका हजारौं छात्राहरुले अनियन्त्रित त्यस्ता मुखहरु सिउन बाध्य हुने अवस्था निर्माण नगर्न पनि सरकारको ध्यानाकर्षण गराउँदछौं ।
उर्मिला थपलिया
उपाध्यक्ष
नेपाल विद्यार्थी संघ

  • ६ श्रावण २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !