अपराध नियन्त्रण गर्न गृहमन्त्रालय प्रतिवद्ध : गृहमन्त्री थापा

आजभोलि

सर्लाही गृहमन्त्री रामबहादुर थापा बादलले अपराध नियन्त्रण गर्न गृहमन्त्रालय प्रतिवद्ध रहेको बताएका छन् सर्लाहीको लालबन्दीमा आयोजित कार्यक्रममा मन्त्री थापाले कुनैपनि किसिमका सामाजिक अपराध सैह्य नहुने उल्लेख गरे

जनतालाई लुट्ने, ठग्ने, विकास निर्माणका काममा व्यापक लापरवाही गर्ने, राज्यको राजस्व दोहन गर्ने, खुल्ला सीमाबाट तस्कर गर्ने जस्ता अपराध भैरहेका छन्, मन्त्री थापाले अगाडि भने, यी सबै नियन्त्रण गर्ने जिम्मेवारी हाम्रो हो, यो जिम्मेवारीलाई पूरा सरकार प्रतिवद्ध

सोझासीधा ठानेर कसैले ठग्ने, लुट्ने, दबाउने काम गरेको भए वा महिला दिदीबहिनीको अस्मितामाथी खेलबाडी गरेको भए, त्यस्ता व्यक्तिको सूचना गृहमन्त्रालयमा दिन गृहमन्त्री थापाले आग्रह गरे उनले नागरिकको सुरक्षाका निम्ती गृहमन्त्रालय जुनसुकै कदम चाल्न तयार रहेको समेत बताए

गृहमन्त्री थापाले जनताको पहिचानलाई पूर्णरुपमा स्थापित गर्न वर्तमान सरकार प्रतिवद्ध रहेको उल्लेख गरे

राज्यको हरेक तह तप्कामा पूर्ण प्रतिनिधित्वका निम्ती हरेक समुदायले आफ्नो आवाज बुलन्द गर्न जरुरी रहेको मन्त्री थापाको जोड थियो जसको निर्णय तहमा पहुँच छैन्, त्यसको प्रगति हुन सक्दैन्, मन्त्री थापाले भने, आफ्नो मान्छे ठाउँमा छैन् भने केही पनि काम हुँदैन्, त्यसैले हरेक समुदायले राज्य सत्तामा आफ्नो प्रतिनिधित्व खोज्नु स्वभाविक हो

उनले राज्यसत्तामा पुग्न हरेक वर्ष समुदायले संघर्ष अभियानलाई निरन्तर रुपमा अघि बढाउनुपर्ने तर्क गरे

  • ६ श्रावण २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !