कहाँ चुक्यो कांग्रेस, बीपीको प्रजातान्त्रिक समाजवाद लागू गर्न ?

आजभोलि

लेखकः लोकराज अवस्थी

नेपाली कांग्रेसको राजनीतिक दर्शन भनेको बिपीको प्रजातान्त्रिक समाजवाद हो । कार्यनीति, योजना तथा कार्यक्रम जे भने पनि यसैमा आधारित छन् । कांग्रेसले अपनाएको बाटो भनकै बिपीवाद नै हो । प्रजातान्त्रिक समाजवाद यसको जग हो । जसले तत्कालिन नेपाली राजनीतिमा नयाँ तरंग पैदा ग¥यो । र, नेपाली कांगे्रसलाई देशकै ठूलो शाक्तिको रुपमा स्थापित गरायो । नेपाली माटो सुहाउँदो व्यवस्था तथा नीति बिपीको मूल लक्ष्य थियो । बिपीले हिंडेको बाटो नै कांग्रेसका लागि दर्शन बन्न पुग्यो । नेपाली समाज, आवश्यकता, व्यवस्था तथा नीतिलाई बिपीले समय वा परिस्थिति अनुसार व्यख्या तथा विश्लेषण गरी लागू गरे । पछि त्यो नै प्रजातान्त्रिक समाजवादको रुपमा व्यवख्या गरियो ।

प्रजातान्त्रिक समाजवाद भनेको राजनीतिक तथा आर्थिक समानता हो, समाज दैवीसंरचना होइन, शुद्ध भौतिक व्यवस्था हो । जसले समाजका सदस्यहरूको सर्वाधिक कल्याण र सुरक्षा गर्नु समाजवादको उद्देश्य हो । यो विशुद्ध भौतिक पक्ष हो, आध्यात्मिक होइन । ससमाजका सदस्यहरूको खाने, लाउने, बस्ने आवश्यकता प्रायः सबै समान हुन्छन् । उनीहरूको जीविकाको साधन पनि हुन्छ । यसरी बिपीले समाजवादलाई आर्थिक र राजनीतिक समानतासँग् जोडर व्यख्या गरे । राजनीतिक स्वतन्त्राले मात्र पेट भरिदैन् । त्यसका लागि आर्थिक सम्पन्नता पनि चाहिन्छ भन्ने कुरामा जोड दिएकाले बिपी समाजवाद नेपाली समाजमा चाडो स्थापित भएको हो ।

राजनीतिक समाजवाद भनेकै प्रजातन्त्र हो । ऐन कानुन व्यवस्था, दण्ड, विधान आदि जनप्रतिनिधिहरूबाट निर्माण हुनुपर्छ । समाजको सार्वभैमिकता राज्य वा सरकारमा निहीत हुन्छ । समाजका प्रत्येक सरकारलाई आफूले बनाएको विधान वा ऐन मान्न बाध्य बनाउन सक्छ । यस सिद्धान्तबाट केही व्यवहारिक राजनीतिक परिस्थिति निस्किन्छन् । प्रजातन्त्र, समाजवाद, आर्थिक तथा राजनीतिक उन्नती बिपीको समावादका मुख्य आधार हुन् । राजनीतिक स्तन्त्रता बिनाको समाजवाद र आर्थिक उन्नती बिनाको प्रजातन्त्र जनताको हितमा हुँदैन् । त्यसैले राजनीतिक स्वतन्त्रता र आर्थिक उन्नतीलाई एक ठाउँमा राखेर ब्याख्या गरेका छन् ।

जनप्रतिनिधि छान्नका लािग चुनाव वास्तविक हुनुपर्छ । जनतालाई आफ्नो प्रतिनिधि रोज्ने स्वतन्त्रता हुन्छ । निर्वाचनसँग जहिले पनि स्वतन्त्रताको प्रश्न पूरा हुनेबित्तिकै यसैसँग जोडिएको अर्को प्रश्न ’वादविवादको स्वतन्त्रता’ आउँछ । अभिव्यक्ति स्वतन्त्रता भनेको वाक स्वतन्त्रता हो । प्रत्येक नागरिकलाई अभिव्यक्तिको स्वतन्त्रता हुनुपर्छ । कुन र कुन विचारधारा वा मतको पक्षमा जनताले आफ्नो भोट दिने भन्ने कुरो आउँछ । तबमात्र सही व्यक्ति चुनिन सक्छ । यसरी बिपीको समाजबाद सैद्धान्तिक रुपमा पनि स्पष्ट छ । जुन बिपीले प्रजातन्त्रको सिद्धान्तलाई लामो संघर्षपछि व्यवहारमा पनि लागू गरेर देखाए । नेपालको इतिहासमा जननिर्वाचित पहिलो प्रधानमन्त्री बन्न सफल भए ।

अधिकार गरिबलाई पनि, शिक्षितलाई अशिक्षितलाई पनि, तागाधारीलाई मात्र होइन मतवालीलाई पनि, लोग्नेमानिसँगै, महिलालाई सबैलाई कुनै किसिमको भेदभाव नराखी सुरक्षित रहनुपर्छ। व्यक्तिगत स्वतन्त्रता, मौलिक अधिकार, चुनाव, पार्टी सङ्गठनको अधिकार आदि प्रजातन्त्रका अभिन्न अङ्ग हुन । जहाँ यी सबै अधिकार एवम् स्वतन्त्रतामा कुनै किसिमको पनि बन्धन रहन्छ, त्यहाँ प्रजातन्त्रमाथि नै बन्धन छ ठान्नुपर्छ। प्रजातन्त्रमा जात, भाषा, लिङ्ग, वर्ण वा क्षेत्रले खासै अर्थ राख्दैन् । सबै समान हुन्छन् ।कोही बढी कोही कम भन्ने पनि हुँदैन् । उनले प्रजातन्त्रका आधरभूता सिद्धान्तलाई आत्मसाथ गरी व्याख्या गरेका छन् । अहिले उठेका जातीयताका सवालहरूलाई उनले समानताको सिद्धान्तमा राखेर हेरेका छन् ।

बिपीले समाजवाद वा आफ्नो सिद्धान्तलाई पुष्टि गर्न दुधको उदाहरण दिएर स्पष्ट पारेका छन् । मानिलिउँ एउटा समाजमा एक लाख मानिस छन् र त्यसमा दूधको उत्पादन सय माना मात्र छ । समान गर्ने नाउँमा सबैलाई गाणितको न्यायले सबैलाइ एक–एक चम्चा दूध दिन सकिएला, तर त्यस्तो समानता सामाजिक न्यायका दृष्टिले समानता ठहरिँदैन, अपव्यय ठहरिन्छ । उत्पादनको यो न्यायलाई घोषणाद्धारा एकैचोटी बदर गर्नसकिँदैन । दूधको उत्पादनको बृद्धि गर्नपट्टि लाग्नुपर्छ । प्रर्याप्त मात्रामा दूधको उत्पादन भएपछि मात्र समान वितरणको प्रश्न आउँछ त्यसो हुनाले आर्थिक समानतामा उत्पादनको अभिबृद्धि अपेक्षित हुन्छ । श्रोत साधनको वितरण र समान उपभोगका लागि यो उदाहरण नेपाली समाजमा अहिले पनि उत्तिकै समयमुखी हुँदै आएको छ । यो संघीयतामा जादा सामान श्रोतको बाडफाँटसँग पनि जोडिएको कुरा पनि हो । समान श्रोतको उपयोग तथा वितरणको सिद्धान्तसँग जोडिएको कुरा हो ।

समयको हिसाबले बिपीको प्रजातन्त्रिक समाजवाद केही पुरानो मानिए पनि प्रजातान्त्रिक समाजवाद नेपाली माटोको प्रतिबिम्ब हो । पश्चिमेली राष्ट्रले दशकौ बर्ष पहिले प्रतिपादन गरेको सिद्धान्त लागू गरिनुपर्छ भन्नेहरूका लागि पनि यो प्रेरणाको श्रोत बनेको छ । पछि एमालेमा जनताको बहुदलीय जनवाद र माओवादीमा प्रचण्डपथ यसकै नक्कलका रुपमा आएका छन् । तथापी बिपीको समाजवाद र अरुका पथ तथा वादलाई एकै ठाउँमा राखेर दाज्न या तुलना गर्न सकिदैन् । बिपीको समाजवादले युगलाई परिवर्तन ग¥यो । नेपाली समाजलाई प्रजातान्त्रिक बाटोमा डो¥यायो । रैतीबाट नागरिक भए । दासताबाट मुक्ति पाए । नेपाली समाज आधुनिक युगमा प्रबेश ग¥यो । यसकारण बिपीको समाजवाद नेपाली आवश्यकता अनुसार प्रतिपादन भएकाले यो सफल भएको हो ।

बिपीको प्रजातन्त्रिक समाजवादमा अडिएको नेपाली कांग्रेसले बिपी मार्गमा हिड्यो कि हिडेन? बिपीको राजनीतिक तथा आर्थिक समानताको सिद्धान्तलाई अनुसरण तथा कार्यान्वयन ग¥यो कि गरेन् ? अर्थात कांग्रेसले जनहितका लागि कति काम ग¥यो ? यि अहम प्रश्न हुन । नेपाली कांग्रेसको सरकार हुँदा बिपी भने जस्तो नेपालको योजना बनाउँदा राजा र झुपडी अगाडि अभिएको किसानको तस्बीरसँगै राखेर योजना बनाउनुपर्छ भन्ने भनाईलाइ मनन गरी कार्यान्वयन ग¥यो त ? अर्को प्रश्न खडा हुन्छ । बिपी निधनपछि बिस्तारै नेपाली कांग्रेस बिपीपथबाट बिचलित हुन हुँदै आयो । राजनीतिक रुपमा केही सफल भए पनि आर्थिक रूपमा सफल हुन सकेन् ।

कांग्रेसले जनमुखी अर्थात झुपडी लक्षित कार्यक्रम ल्याउन सकेन् । कांग्रेसको शासनकालमा मध्यम तथा ठूला वर्गका मानिसले अधिक फाइदा लिए । उदारवादका नाममा कांग्रेस अति उदार भयो । पूजीवादको पनि चरम अवस्थालाई मात्र प्राथमिकता दियो । र, राज्य भन्दा निजी क्षेत्र बलियो बन्दै गयो । जनता सरकार भन्दा पनि निजी क्षेत्रमाथि निर्भर हुन बाध्य भए । आर्थिक असमानता पैदा गरिदियो । गरिब झन परनिर्भर हुँदैगए । जसले धनी र गरिबबीचको खाडल नपुरिने गरी बढाइ दियो ।

कार्यक्रम त कता हो कता, पछिल्लो समयमा कांग्रसले गरिबको पक्षमा बोल्न नै छाड्यो । ठूलाबडा या दाताहरू रिसाउने डरले उसले पश्चिमबाट आएको नवउदारवादलाई जस्ताको त्यस्तै लागू गर्ने प्रयास ग¥यो । किनारा पारिएका जनता या गरिबको पक्षमा बोल्दा कम्युनिस्ट भइन्छ भन्ने डरले गरिबको आवाज उठाउन छोड्यो । नेता तथा कार्यकर्ताहरू बिस्तारै शहर तथा सत्तामुखी हुँदै गए । पार्टीमा पनि यस्तैको हालीमुहाली हुन पुग्यो ।

बिपी भने जस्तै पार्टीमा सुकिला मुकिला र चिल्ला गाडि चढ्नेहरूपुगेपछि तिनका बिरूद्ध आन्दोलन गर्नुपर्छ र किनारा लगाउनु पर्छ भन्ने कुरा हुन सकेन् । पार्टी भन्दा पनि व्यक्ति बलियो हुँदै गयो । लोकतन्त्र सत्तामा जाने सिढी मात्र बन्यो । हुम्ला, जुम्ला, बझङ वा तराईका गरिब बस्तीमा राहत वा प्रजातन्त्रको दियो बल्न सकेन् । जनता झन झन गरिब बन्दै । बिपीको समाजवाद, निर्वाचन वा राजनीतिक बहसमाामत्र सिमित रहन पुग्यो । यो कहिले पनि कार्यक्रममुखी हुन सकेन् । जहिले पनि शहर केन्द्रित तथा मध्यम खालका मात्र कार्यक्रममा जोड दियो । जसको परिणामा १० वर्षे माओवादी बिद्रोह जन्म्यो ।

समयानुसार कांग्रेसले बिपीको समाजवादलाई अनुसरण गरेमा नेपालमा एकै मात्र पार्टी हुन्छ , त्यो हो नेपाली कांग्रेस । कम्युनिस्टहरूले एक्काइसौ शताब्दिमा उठाएका मागहरू विपीले सात दशक अघि उठाएका थिए । कांग्रेस सुनिने मात्र होइन, देखिने र महसुस गर्ने पार्टी बनाइनु पर्छ । सम्पन्न तथा शहरमा मात्र नभएर झुपडीमा पनि पुग्नु पर्छ । पार्टीलाई चलायनमान गरी कार्यकर्ता वा नेताहरूलाई पनि काम तथा त्यागको आधारमा जिम्मेवारी दिएर नयाँ रूप दिनुपर्छ । जसले पार्टीलाई सशक्त र प्रभावकारी बनाओस् । मतलब बिपीको दिशा, सिद्धान्त तथा मार्गमा जानुको विकल्प छैन । यदि त्यसो नभए कांग्रेसका आगामी दिन सजिला हुन छैनन् ।

  • ६ श्रावण २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !