करेन्ट लागेर २ जनाको ज्यान गयो

आजभोलि

सर्लाही सर्लाहीको हरिपूर्बामा करेन्ट लागेर जनाको ज्यान गएको घटनामा जना गम्भिर घाइते भएका छन्

प्रहरीका अनुसार जिल्लाको दक्षिणपूर्वी क्षेत्र हरिपूर्वा नगरपालिका, बसन्तपुरको बगेबा गाउँ निवासी ३६ वर्षीय नरेन्द्र चौधरी १४ वर्षीया सुनिता खत्वे मण्डलको मृत्यु भएको हो

स्थानीय २० वर्षीया फूलोदेवी महतो गम्भिर घाइते भएकी छिन् उनको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक गौरव महतले जानकारी दिए

घरमा रहेको स्वीच अन गर्ने क्रममा उनीहरूलाई करेन्ट लागेको स्थानीयले बताएका छन् ११ हजार भोल्टेजको हाईटेन्सन लाईनको तार खसेर घरमा वितरण गर्ने सय ४० भोल्टेजको तारमा छोएका कारण हाई भोल्टेज आउँदा स्वीच अन गर्ने क्रममै उनीहरुलाई करेन्ट लागेको बताईएको

प्रहरीले भने विस्तृतमा अनुसन्धान भईरहेकाले घटना के कसरी भयो भन्ने अहिले नै एकिन गर्न नसकिने जनाएको विद्युत प्राधिकरणका कर्मचारी एवं स्थानियसँग बुझ्ने काम जारी रहेको प्रहरी निरीक्षक महतले जनाए

स्थानीय बासिन्दाका अनुसार उक्त क्षेत्रमा बिहानै देखि विद्युत प्राधिकरणको मर्मत संभार चलिरहेको थियो प्राधिकरणको लापरवाहीका कारण घटना भएको भन्दै स्थानीयले विरोध जनाएका छन्  

  • ७ श्रावण २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या