जनकपुरधाम । प्रदेश नं. २ सरकारले मलेठ घटना बारे छुट्टै छानविन गर्ने निर्णय गरेको छ ।
मन्त्री परिषद्को आज बसेको बैठकले छानविनको लागि आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको संयोकत्वमा ३ सदस्यीय मन्त्री स्तरीय कमिटी गठन गरेको छ ।
समितिमा समाजिक विकास मन्त्री नवल किशोर साह र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह रहेका छन् । छानविन समितिको सदस्य समितिको सदस्यसचिवमा मुख्यन्यायधिवक्ता कार्यालयका उपन्यायधिवक्ता कृष्ण प्रसाद बराललाई राखिएको छ । समितिलाइ १५ दिनको समम दिइएको छ ।
तत्कालिन नेकपा एमालेले शुरु गरेको मेची महाकाली अभियान अन्तर्गत सप्तरीको मलेठ नजिकैको औद्योगिक क्षेत्रमा कार्यक्रम गर्दा सशस्त्र प्रहरीले चलाएको गोली लागेर पाँच जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए ।
उक्त घट्नामा मलेठका संजन मेहता, विरेन्द्र महतो र पिताम्बर मण्डल, प्रसवनीका आनन्द साह तथा जमुनी मधेपुराका इनर यादवको मृत्यु भएको थियो । घटना सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदन गलत रहेको भन्दै राजपाले आन्दोलन शुरु गरिसकेको छ ।