बझाङ्गमा मलामी-मलामीबीच कुटाकुटः वडाध्यक्षसहित २ जना घाइते

आजभोलि

बझाङ्ग । खप्तड छान्नामा पहिरोबाट मृत्यु भएकाहरुको दाहसंस्कार गरेर घर फर्किने बेला मलामीहरुबीच विवाद भएर कुटाकुट भएको छ । कुटाकुटमा वडाध्यक्षसहित २ जना घाइते भएका छन् । घाइते भएका मध्ये भवन खड्काको टाउँकोमा ८ टाँका लागेका छ । वडाध्यक्ष तिलककुमार खड्कायाको हातमा खुकुरी लाग्दा ५ टाँका लागाइएको छ।

शनिबार खप्तड छान्ना गाँउपालिका , बयानामा सुख्खा पहिरोमा परि एकै परिवारका ३ जनासहित ४ जनाको मृत्यु भएको थियो । मृत्यु भएका चारै जनाको आइतबार सामूहिक दाहसंस्कार गरेर घर फर्कने क्रममा नरेन्द्र खड्काका आफन्त र भवन खड्काका आफन्तबीच एक आपस विवाद भएपछि तनावपूर्ण अवस्तथा सिर्जना भएको हो ।

मलामी गएर घर फर्कने क्रममा नरेन्द्र खड्काको घर नजिकै पुग्दा खड्काले एक्कासि भवन खड्कालाई खुकुरी प्रहार गर्दा घटना घट्न गएको वडाध्यक्ष खड्काको भनाई छ । पुरानो रिसिइबीका कारण पहिले पनि नरेन्द्र खड्काकाको परिवारले भवन खड्काको परिवारलाई धम्काउने, मार्नेसम्मको धम्की दिने गरेको भवन खड्काले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेलले घटनाको अनुसन्धानपछि मात्रै थप विवरण थाहा हुने बताए ।

विगतमा भएको दुश्मनीलाई लिएर दुबै पक्षबीच हानाहान भएको ससहभागी मलामीले बताए । पहिलेदेखिको झागडा थियो, अहिले आएर लफडा गरेको उनीहरुको आरोप थियो । यसरी गउाँमा शाके परेको बेला पनि सानोतिनो बाहानमा झगडा गरेकोमा गाउँलेहरु दुदि.खत बनेको एक जना मलामीले बताए ।

  • ७ श्रावण २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !