अस्ट्रेलियाली कप्तान स्मिथ क्यारेबियन लिगमा आबद्ध

आजभोलि

ब्रिजटाउन । निलम्बित अस्ट्रेलियाली क्रिकेट कप्तान स्टीभ स्मिथ क्यारेबियन प्रिमियर लिगमा समावेश बारबाडोस ट्राइडेन्ट्स टिममा आबद्ध भएका छन् । उनले बंगलादेशी अलराउन्डर शकिब अल हसनको स्थानमा खेल्नेछन् ।

दक्षिण अफ्रिकासँग गत मार्चमा खेलिएको टेस्ट क्रिकेटमा बल बिगारेको आरोप लागेपछि क्रिकेट अस्ट्रेलियाले स्मिथलाई १२ महिनाका लागि निलम्बन गरेको थियो ।
ब्याटिङतर्फ विश्व बरियताक्रममा नं। १ मा रहेका स्मिथमाथि आफ्नो मुलुक वा आफ्नो प्रान्तका लागि पहिलो श्रेणीको क्रिकेट समेत खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ, तर उनलाई क्लब स्तरका खेल खेल्ने अनुमति छ ।

हालैमात्र उनले क्यानडामा सम्पन्न टि२० क्रिकेट खेलेका थिए । बारबाडोस ट्राइडेन्ट्सले छ टोली सहभागी टी२० क्रिकेटमा स्मिथले खेल्ने पक्का भएको र हस्ताक्षर पनि भइसकेको घोषणा गरेको छ । यो क्यारेबियन क्रिकेट सिरिज सन् २०१३ बाट सुरु भएको छ ।

ट्राइडेन्ट्सका प्रशिक्षक रोबिन सिंहले बंगलादेशी अलराउन्डर शकिब अल हसन खेल्न नपाउँदा दुःख लागेको भन्दै स्मिथलाई ल्याउन पाउँदा आफ्नो टिम सशक्त बनेको प्रतिक्रिया दिए । ट्राइडेन्ट्सले अगस्ट १२ मा गुयनाको अमेजन वारियर्ससँग पहिलो खेल खेल्नेछ ।

  • १० श्रावण २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !