वायुसेवाको दोस्रो वाइडबडी मकालु जहाज आइपुग्यो

आजभोलि

काठमाडौं । नेपाल वायुसेवा निगमले किनेको दोस्रो वाइडबडी जहाज काठमाडौं आइपुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ए ३३०–२०० सिरिजको जहाजको  9N – ALZ कल साइन दिएको छ।

निगमले यस भन्दा पहिले अन्नपूर्ण नाम दिइएको वाइडबडी ए ३३०–२०० सिरिजको जहाज यही असार १४ भित्र्याएको थियो। निगमले खरिद गरेका दुईवटा वाइडबडीमध्ये पहिलो जहाजले सोमबारमात्रै भारतको डिल्लीमा प्रुफिङ उडान गरेको थियो। उक्त जहाजको पहिलो व्यावसायिक उडान यही साउन १६ गते कतारमा हुँदैछ। दोस्रो वाइडबडी जहाज लिन निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारको टोली फ्रान्सको तुलुज पुगेका थिए।

नयाँ जहाजमा पनि पहिलो वाइडबडीमा जस्तै दुई सय ७२ सिट छन्। जसमा १८ वटा सांग्रिला ९बिजनेस० क्लास र दुई सय ५६ वटा इकोनोमिक ९साधारण० क्लासका सिट रहेको निगमले जनाएको छ। लामो दुरीमा उडान गर्न मिल्ने जहाजमा २–२–२ फम्र्याटका बिजनेस क्लास, २–४–२ फम्र्याटका इकोनोमी क्लासका सिट छन्।
निगमले नेपाल सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको १२र१२ अर्ब रुपैयाँको ऋणबाट दुईवटा वाइडबडी जहाज खरिद गरेको हो।

अब दुई ठूला जहाज आएपछि नेपाल वायु सेवा निगमले विश्भरी आफ्रना उडा भर्न सजिलो हुनेछ ।

यसरी अवतरण गरेको थियो जहाज

  • १० श्रावण २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या