सरकार देशलाई गरिबीबाट मुक्ति दिलाउने अभियानमा लागेको छ : प्रधानमन्त्री ओली

आजभोलि

ललितपुृर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री ओलीले भन्नुभयो “सरकार अब देशलाई गरिबीबाट मुक्ति दिलाउने अभियानमा लागेको छ । किनभने अब देशलाई अघि बढाउने समय आएको छ ।” प्रधानमन्त्री ओलीले सबै कर्मचारीमा जनताका सेवक हौं भन्नु भावना हुनु पर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले अधिकृृतहरुलाई देशलाई राम्ररी अध्ययन गर्न र चिन्न पनि आग्रह गर्नुभएको छ । “देश भनेको हिमाल पहाड र तराइ मात्र होइन” प्रधानमन्त्री ओलीले भन्नुभयो “देशभित्र समाज छ,विभिन्न जातजाती छन् । धर्म संस्कृति छन् । ति सबै कुराको जानकारी राख्नु पर्दछ ।”

नेपालीका पुर्खा धेरै विद्वान भए पनि नेपाली पछि पर्नु अनौठो कुरा भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । नेपाली पछि पर्नु पर्ने कारण पत्ता लगाउन र अब गरिबीबाट मुक्ति हुने उपायका बारेमा समेत नव अधिकृतहरुले मन्थन गर्नु पर्ने प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले भन्नुभयो “सरकार अब देशलाई गरिबीबाट मुक्ति दिलाउने अभियानमा लागेको छ । किनभने अब देशलाई अघि बढाउने समय आएको छ ।”

प्रशासन सेवा सामान्य प्रशासन समुहका नवनियुक्त अकिृतहरुलाई आधारभुत प्रशासनिक प्रशिक्षण समापन समारोहलाई आज जावालाखेलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

नवनियुक्त अधिकृतहरुलाई प्रधानमन्त्री ओलीले सृजनात्मक क्षमता प्रदर्शन गरेर काममा अब्बल हुन निर्देशन दिनु भएको छ । “तपाईंहरुले एउटा परीक्षा पास गर्नु भयो तर अब वास्तविक परीक्षमा सहभागी हुदैहुनुहुन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तपाईंहरुले कार्यक्षेत्रमा गएर जनतालाई कतिको सन्तुष्ट पार्न सक्नुहुन्छ ,पादर्शी सेवा दिनुहुन्छ कि दिनुहुन्न ?

नेपालीका पुर्खा धेरै विद्वान भए पनि नेपाली पछि पर्नु अनौठो कुरा भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । नेपाली पछि पर्नु पर्ने कारण पत्ता लगाउन र अब गरिबीबाट मुक्ति हुने उपायका बारेमा समेत नव अधिकृतहरुले मन्थन गर्नु पर्ने प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले भन्नुभयो “सरकार अब देशलाई गरिबीबाट मुक्ति दिलाउने अभियानमा लागेको छ । किनभने अब देशलाई अघि बढाउने समय आएको छ ।”

देश नयाँ परिस्थितीमा भएकोले अब पुरानो मान्यताको सोचाइमा पनि परिवर्तन गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “तपाईंहरु नयाँ परिस्थितीमा काममा जाँदै हुनुहुन्छ । देशले केही नयाँ प्रणालीको विकास गरेको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “देशमा संघीय प्रणाली लागु भएको छ । त्यस अनुसार तपाईंहरुले आफूलाई समायोजन गराउनु पर्दछ । ”

  • १० श्रावण २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !