पार्टी भित्र अन्तरघातको समस्या भएकाले कांग्रेस दुई पार्टी जस्तो देखियो : सभापति देउवा

आजभोलि

पार्टी भित्र अन्तरघातको समस्या भएकाले कांग्रेस दुई पार्टी जस्तो देखियो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली कांग्रेस भित्र चरम गुटबन्दी रहेको स्वीकार गरेका छन् । उनले डेमोक्र्याटिक लयर्स एशोसिएसनको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रमा बोल्दै भने कांग्रेस एक पार्टी भए पपिन दुइ पार्टी जस्तौ देखिन्छ ।त्यस्तै पार्टी भित्र व्यापक अन्तरघात रहेको पनि पुष्टि गरे ।

उहाँले भन्नुभयो, “पार्टीभित्र अन्तरघातको समस्या व्याप्त छ, आफ्ना साथीप्रति दुश्मनी व्याप्त छ, यो रोगको निधान नभएसम्म पार्टी एक हुन सक्दैन ।” उहाँले थप्नुभयो, “यो रोग निधान गर्न म प्रतिबद्ध छु ।”

नेपाली काँग्रेसको आन्दोलन गर्ने रहर नभएको भन्दै उहाँले भने, “हाम्रो आन्दोलन गर्ने रहर होइन, सरकारले जबरर्जस्ती आन्दोलन गर्न बाध्य बनायो ।” सरकारले अप्रजातान्त्रिक कार्य गरेका कारण आन्दोलन गर्नु परेको दाबी गर्दै उहाँले सरकारलाई लोकतान्त्रिक बाटोबाट अगाडि बढ्न आग्रह गरेका छन् ।

डा गोविन्द केसीको माग सम्बोधन हुनु सकारात्मक भएको भन्दै उहाँले सहमतिमा पनि चलखेल हुनसक्ने भन्दै खबरदारी आवश्यक रहेको बताए ।

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको एकता आवश्यक रहेको भन्दै न्याय, निष्पक्ष र पारदर्शी मूल्यांकन गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताए । कम्युनिष्ट कमजोर होला र हामी बलियो हौंला भनेर सोच्न नहुने भन्दै उहाँले काँग्रेसलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

सभामुख र उपसभामुखमध्ये दुबै एउटै पार्टीको भएको भन्दै उहाँले यो संविधान प्रतिकुल रहेको दाबी गर्नुभयो ।
सो अवसरमा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको नीति तथा प्रशिक्षण विभागलाई चुस्त दुरुस्त बनाएर संघीयता अनुसारका सांगठनिक संरचना बनाइने बताए ।

नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको गुट उपगुट अन्त्य गरी पहिलो पार्टी बन्ने भन्दै यसका लागि सबैले आ–आफ्नो ठाउँबाट त्याग गर्नुपर्ने बताए ।

कार्यक्रममा सहमहमन्त्री डा प्रकाशशरण महत, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, डा रामशरण महत, रमेश लेखक, बारका पूर्व अध्यक्ष शेरबहादुर केसी, पूर्व सभामुख दमननाथ ढुंगाना, पूर्व राज्यमन्त्री देवेन्द्र कँडेललगायतले काँग्रेसलाई एक ढिक्का बनाएर आधुनिकीकरण गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।

वक्ताहरुले सरकारको कार्यशैलीप्रति आलोचना गर्नुभएको थियो । एशोसिएसनका अध्यक्ष भरत खरेलको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो । महाधिवेशनले भोलि नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशनमा देशभरबाट एक हजार १३१ प्रतिनिधिको सहभागिता रहेको एशोसिएसन चितवनका अध्यक्ष विष्णु अर्यालले बताए ।

महाधिवेशनले ४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।

  • १२ श्रावण २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !