पाकिस्तानमा इमरान खानको पार्टी अप्रत्यासित विजय : प्रधानमन्त्ती बन्ने पक्का

आजभोलि

एजेन्सि । बुधवार भएको निर्वाचनमा इमरान खानको पार्टी पीटीआईले  छलाङ मारेको छ । कूल सिट मध्ये खानको पार्टीले ११४ स्थानमा जित हासिल गरेको छ ।

बुधबारको निर्वाचनमा सबैभन्दा ठूलो दलका रुपमा इमरान खानको दल पिटीआइले सबैभन्दा धेरै स्थान ११४ मा जित हासिल गरेको छ । मुस्लिम लिगले ६३ र अर्को पिपीपीले जम्मा ३९ स्थानमा विजय हासिल गरेको छ । यसरी हेर्दा पाकिस्तानी नागरिकले पनि भ्रष्टाचारको दलदलबाट माथि उठेर यहाँ एक नयाँ र वैकल्पिक शक्तिलाई रोजेका छन् । यस निर्वाचनले स्थापित गर्न खोजेको इमरान खानको दलले यहाँका परम्परागत र पुरानो विरासत भएका दललाई विस्थापित गरेको देखिन्छ र एक सशक्त वैकल्पिक शक्तिको नेतृत्व पनि गरेको देखिन्छ ।

पाकिस्तान वास्तवमा अघिल्ला दशकमा सेना र आतंकवादको छायाँमा पर्ने गरेको थियो । अहिले आएर भने अवस्था फेरिएको छ । अहिले यहाँको राजनीति भ्रष्टाचारका कारणले अर्कै रुपमा देखिएको छ । त्यसका कारण पनि यहाँको राजनीतिमा नयाँ शक्तिको उदय भएको छ । बुधबारको निर्वाचनले यो अवस्था स्पष्टरुपमा नै देखाएको छ । अनि यहाँको शक्तिशाली सेनाले पनि यस्तै वैकल्पिक शक्तिलाई आड दिएको पाइएको छ । सेनाले खुलेरै यो वास्तविकता नबोले पनि इमरान खानको दललाई उसको समर्थन रहेको देखिएको छ ।

बुधबारको निर्वाचनमा सबैभन्दा ठूलो दलका रुपमा इमरान खानको दल पिटीआइले सबैभन्दा धेरै स्थान ११४ मा जित हासिल गरेको छ । मुस्लिम लिगले ६३ र अर्को पिपीपीले जम्मा ३९ स्थानमा विजय हासिल गरेको छ । यसरी हेर्दा पाकिस्तानी नागरिकले पनि भ्रष्टाचारको दलदलबाट माथि उठेर यहाँ एक नयाँ र वैकल्पिक शक्तिलाई रोजेका छन् । यस निर्वाचनले स्थापित गर्न खोजेको इमरान खानको दलले यहाँका परम्परागत र पुरानो विरासत भएका दललाई विस्थापित गरेको देखिन्छ र एक सशक्त वैकल्पिक शक्तिको नेतृत्व पनि गरेको देखिन्छ ।

हुनत यस निर्वाचनमा धाँधली भएको विपक्षी दलले बताएका छन् । मुस्लिम लिग र पिपीपीले सेनाले निर्वाचनमा धाँधली गरेको भन्दै अर्का निर्वाचनको माग गरेका छन् । तर आफैँले सरकार गठन गर्नसक्ने सुविधाजनक बहुमत नपाए पनि पाकिस्तानमा क्रिकेटका पूर्व कप्तान खानले भने अर्को दलसँग मिलेर सरकार बनाउने तयारी गर्नुभएको छ । सरकार बनाउन आवश्यक १३७ स्थान चाहिनेमा थप सासद उहाँले अर्को कुनै दलबाट प्राप्त गर्नुहुने छ । उहाँलाई यहाँको प्रधानमन्त्रीका रुपमा चर्चा शुरु गरिएको छ ।

चुनाव जितेमा भ्रष्टाचारको अन्त्यगर्ने, आतंकवादको अन्त्य गर्ने र भारतसँगको सम्बन्ध विस्तार गर्ने एजेण्डा छन् उहाँका । त्यसैले यी एजेण्डाको कार्यान्वयनमा उहाँले कसरी सफलता प्राप्त गर्नुहुनेछ भन्ने बारेमा यतिखेर पाकिस्तानमा चर्चा पनि शुरु भएका छन् । पाकिस्तानमा भएका यी चर्चाले उहाँलाई क्रिकेटको एक कप्तान कसरी सत्ताकै बागडोर सम्हाल्ने कप्तानका रुपमा काम गर्न सक्छ भनेर पनि विश्लेषण गरिएको छ । तर यी काम गर्नसक्ने गरी नै इमरानको उदय भएको चर्चा अहिले पाकिस्तानमा गरिँदैछ ।

  • १२ श्रावण २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !