कालंगा हाइड्रोका कारण पुरातात्विक सम्पदा जोखिममा : कालिका (काल्देइ) मन्दिरमा पहिरोको खतरा

आजभोलि

सुनकुडा, बझाङ । नीजि क्षेत्रको लगानीमा बन्दै गरेको कालंगा हाइड्रोपावरको कारण स्थानीय पुरातात्विक सम्पदा जोखिममा परेकोमा स्थानीयले चिन्ता जनाउँदै आएको ३ वर्ष भन्दा बढी भएको छ । यति लामो समयसम्म पनि सम्बन्धित निकायले ध्यान नदिएपछि स्थानीयहरु आक्रोसित भएका छन् ।

धल्लागाउँको तल्लो मोडबाट खोड्पे बझाङ सडकखण्डबाट सुरुङ खन्ने स्थान जगन्नाथ मन्दिरसम्म लगेको सडकबाट आएको पानीले कालिका (काल्देइ) मन्दिरको दायापट्टी खालेसो बनाई मन्दिर ढुंगा नै भत्किने अवस्थामा रहेको स्थानीय बताए । उनका अनुसार प्रत्येक वर्ष सडकको पानीले मन्दिरको भित्री भाग काट्दै गइरहेको र चाडो रोकथाम नभए मन्दिर नै भत्किने खतरा रहेको बताए ।

मन्दिरको अगाडिबाट आयोजनाले अग्रभाग काटेर साँघुरिएको मन्दिर दायातिर खोला र बाँयातिर सडकले काटेकाले मन्दिरको पूरातात्विक महत्व नष्ट भएको एक जना जानकारले बताए । उनका अनुसार काल्देइ मन्दिर जंगलको बीचमा थियो, र यहाँ कुनै पनि बाहिरको मान्छे जान पाउँदैनथ्यो । एकदम शुद्ध थियो । जब हाइड्रोले सडक निर्माण गर्यो त्यसपछि यहाँ जथाभावी हुन थाल्यो । अचले त मन्दिर भन्न पनि लाज लाग्छ ।

यसरी सदयौंदेखि पुज्दै आएको शक्तिको देवी कालिकाको धार्मिक तथा पुरातात्विक महत्व हराउदै गइरहेको छ । जसको मुख्य कारण हो, कालंगाा हाइड्रो ।

स्थानीयले बिरोध गरेपछि आयोजनाका संचालकले सार्वजनिक रुपमा मन्दिर वरीपरी रुद्राराक्षको विरुवा लगाइ दिने, मन्दिरको पुर्ननिर्माण गर्ने, सडकबाट आउने पानीको रोकथाम गर्ने जस्ता प्रतिबद्धता गरेको थियो । तर अहिलेसम्म कुनै पनि कार्य नभएको स्थानीयले जनाए ।

यसको बारेमा आयोजना संचालक मध्येका प्रमुख उमेश श्रेष्ठलाई सम्पर्क गर्दा उनको मोबाइल उठने ।

कलंगा हाइड्रोका कारण बुंगल, केदारस्यू, वित्थडचिर लगायतका कयौ धार्मिक मन्दिर थथा ऐतिहासिक स्थानहरु जोखिमा पर्दै गइरहेका छन् ।

  • १४ श्रावण २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !