कांग्रेसले १६ गतेको बैठक बहिस्कार गर्ला ?

आजभोलि

टिप्पणी/आजभोलि डेस्क/काठमाडौं । नेपाली कांग्रेसका सांसदले कामु प्रधानन्यायधिश दिपकराज जोशीको सुनुवाई नगरी सिफारिस अस्वीकार गरे सोमबारको बैठक बहिस्कार गर्ने चेतवानी दिएपछि निर्णय हुन सकेन । नेकपाले कुनै पनि हालतमा जोशीलाई सिफारिस नगर्ने अवस्था देखेपछि कांग्रेस आक्रोसित भएको देखिन्छ । कांग्रेसले जबरजस्ती मनमर्जी गरेर बहुमतको दम्भमा जोशीलाई अस्वीकार गरे आफूहरु बैठकमा नआउने चेतावनी सोमबार नै दिइसकेको छ ।

नेकपाबाट प्रतिनिधित्व गर्ने सांसदले जोशीलाई सिफारिस नगर्ने अवस्था आयो भने नेपाली कांग्रेसका लागि बहिस्कार भन्दा अर्को बिकल्प छैन् । की नेकपाका सांसदको निर्णय मान्नु परयो की बहिस्कार ।

जबरजस्ती झिकिएको जोशीको प्रमाण पत्रको विवाद निक्र्योल भएपछि पनि नेकपा उनको सिफारिस रोक्ने मुडमा रह्यो । विशेष गरी प्रधानमन्त्री केपी ओली नै जोशीको विपक्षमा रहेकाले सुनुवाई पास हुने अवस्था छैन् । जोशीलाई नेकपा अस्वीकार गर्ने कुनै आधर नभए पनि उनको आचरण तथा अन्यसँग जोडेर कुनै पनि हालतमा रोक्ने आवस्था छ ।

सुनुवाई भएकै दिन सुनुवाई पनि हुने साथै सिफारिस हुने परम्परा तोडदै नेकपाका सांसदले विना कारण ४ दिनसम्म अनिर्णयमा राखे । जोशीका सक्कल प्रमाण पत्र संचार माध्यमले बाहिर ल्याएपछि उक्त विवाद पनि साम्य भएको छ । अर्को कुनै गम्भिर खालको विवाद तथा आरोप पुष्टि हुने अवस्था छैन । तर पनि किन नेकपा सिफारिस गर्न तयार छैन । यो गम्भिर प्रश्न चारैतिर उठेको छ ।

१५ गते सरकार विरुद्ध देरभरी आन्दोलन गर्ने कांग्रेसले १६ गतेको बैठकमा के गर्ला सर्वत्र चासोको विषय बनेको छ । दबाब दिएर जाशीको सिफारिस गराउन सफल होला या नहोला । त्यसो नभए नेकपाका संसादको निर्णयमा सहमति या बहिस्कार । कांग्रेसले ज गरे पनि त्यो कठीन यात्रा हुनेछ ।

जोशीको सिफारिस हुने की नहुने भन्दा पनि कस्तो संस्कृतिको थालनीको शूरुआत गरिदैछ भन्ने अहम् पश्न हो । यसले थिति बसाल्छ की बेथिति ? वा समाधान की नयाँ व्यबधान । यसकारण व्यक्ति केन्द्रित भन्दा पनि सिस्टम केन्द्रित भए आगामी दिनमास्वतन्त्र न्यायालयका लागि सहज मार्ग खुला हुनेछ । अन्याथ गल नजिर बस्नेछ ।

  • १४ श्रावण २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !