आदिवासी जनजाति वृहत राष्ट्रिय राजनीतिक सम्मेलन हुने

आजभोलि

काठमाडौं । संविधान संशोधनको माग गर्दै आएको महासंघले विश्व आदिवासीवासी दिवसको सन्दर्भमा साउन १९ र २० गते काठमाडौंमा ‘आदिवासी जनजाति वृहत राष्ट्रिय राजनीतिक सम्मेलन’ गर्ने कार्यक्रम समेत सार्वजनिक गरेको छ । जुन कार्यक्रममार्फत संविधान संशोधन गर्दै आदिवासीको पहिचान सुनिश्चित गर्न नयाँ राजनीतिक बाटो तय हुने महासंघले अपेक्षा गरेको छ ।नेपालका आदिवासीहरुले यस वर्ष पनि आन्दोलनकै रुपमा विश्व आदिवासी दिवस मनाउने घोषणा गरेका छन् ।

नेपालका आदिवासी जनजातिको नेतृत्व संस्था नेपाल आदिवासी जनजाति महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरेर यस वर्ष २४औं विश्व आदिवासी दिवस पनि आन्दोलनकै रुपमा मनाउने घोषणा गरेको हो । महासंघले घोषणा गरेको विश्व आदिवासी दिवस लक्षित विविध कार्यक्रममार्फत संविधान संशोधन गर्दै आदिवासी जानजातिको पहिचान सुनिश्चित गर्न माग गरिने बताइएको छ ।

संविधान संशोधनको माग गर्दै आएको महासंघले विश्व आदिवासीवासी दिवसको सन्दर्भमा साउन १९ र २० गते काठमाडौंमा ‘आदिवासी जनजाति वृहत राष्ट्रिय राजनीतिक सम्मेलन’ गर्ने कार्यक्रम समेत सार्वजनिक गरेको छ । जुन कार्यक्रममार्फत संविधान संशोधन गर्दै आदिवासीको पहिचान सुनिश्चित गर्न नयाँ राजनीतिक बाटो तय हुने महासंघले अपेक्षा गरेको छ ।

संविधान जारी हुने बेला छुट्टै आन्दोलन गरेको पद्यमरत्न तुलाधार नेतृत्वको ‘आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपाल’ले समेत यस वर्ष महासंघसँग सहकार्य गरेको विश्व आदिवासी दिवस मनाउने भएको छ । महासंघले सार्वजनिक गरेको कार्यक्रम अनुसार तुलाधार नेतृत्वको समूहले ‘संघीयता कार्यान्वयन र जातिय सवाल’ विषयमा अन्तरकृया गर्ने बताइएको छ । महासंघको नेतृत्वमा आदिवासी जनजाति जन्य संघ संस्थाहरुले समेत विविध कार्यक्रम गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । विश्वभरका आदिवासीले हरेक वर्ष ९ अगष्टका दिन विश्व आदिवासी दिवस मनाउने गरेका छन् .

 

 

  • १६ श्रावण २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !