डा. केसीसँगको सम्झौता अनुसार शिक्षामन्त्रीद्वारा संशोधन दर्ता : थप २२ ओटा संशोधन दर्ता

आजभोलि

काठमाडौं। सरकार र प्रा डा केसीका बीचमा यही साउन १० गते भएको नौबुँदे सहमतिका बुँदानुसार नै ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि एकल तथा संयुक्तगरी २२ वटा संशोधन दर्ता भएको छ ।

प्रतिनिधिसभाको यही साउन १३ गतेको बैठकमा सो विधेयकमाथि सामान्य छलफल सम्पन्न भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गर्नुभएको सो विधेयकमाथि आज २ः०० बजेसम्म सांसदलाई संशोधनको समयसीमा रहेको थियो ।

प्रतिनिधिसभा, विधेयक शाखाका अनुसार पहिलो संशोधन सांसद अनिलकुमार झाले दर्ता गराउनुभयो । यसैगरी संशोधन दर्ता गराउनेमा गंगा चौधरी, लक्ष्मी चौधरी र आशाकुमारी विक हुनुहुन्छ । उहाँहरु तीन जनाले संयुक्त रुपमा संशोधन दर्ता गराउनुभएको हो ।

यसैगरी भरतकुमार शाह, सञ्जयकुमार गौतम, दिलेन्द्रप्रसाद बडू र गगनकुमार थापाले पनि संशोधन दर्ता गराउनुभएको छ । शाखाका अनुसार सांसद देवप्रसाद गुरुङ, शान्ता चौधरी, कृष्णभक्त पोखरेल, तिलबहादुर महत क्षेत्री, विमला विक र पुष्पकुमारी कर्ण कायस्थले पनि संशोधन दर्ता गराउनुभएको छ ।

यसैगरी खगराज अधिकारी, रेखा शर्मा, दूर्गा पौडेल, सुजिता शाक्य, रेखा झा, विमला विक, निरा जैरु, लक्ष्मणलाल कर्ण प्रेम सुवाल, रामबहादुर विष्ट, अञ्जना विशंखे, अमृता थापा, पार्वतीकुमारी विशंखे, प्राडा पुष्पाकुमारी कर्ण कायस्थ, राजेन्द्रकुमार केसी हुनुहुन्छ ।

संशोधन दर्ता गराउनुहुनेमा सोमप्रसाद पाण्डेय, कल्याणी खड्का, झपटबहादुर रावल, मोहन बाँनिया, लालबहादुर थापा, लिलानाथ श्रेष्ठ, कृष्णप्रसाद दाहाल, विन्दा पाण्डे, पवित्रा निरौला खरेल, मनकुमारी जिसी, मैनाकुमारी भण्डारी, शान्तिमाया पाख्रिन, पार्वतीकुमारी विशंखे, गोमा देवकोटा, विमला विश्वकर्मा, राधाकुमारी ज्ञवाली तुल्सी थापा, विनाकुमारी श्रेष्ठ, यशोदा गुरुङ सुवेदी र पूर्णकुमारी सुवेदी हुनुहुन्छ ।

  • १६ श्रावण २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !