सामाजिक विकास राज्यमन्त्री शर्मा पक्राउ गर्न उच्च अदालतको परमादेश

आजभोलि

जनकपुर । उच्च अदातलत जनकपुरले प्रदेश नम्बर २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई पक्राउ गर्न परमादेश जारी गरेको छ । सशस्त्र प्रहरी हबल्दार थमन बिकको हत्यामा संलग्नमध्येका एक शर्मालाई पक्राउ गर्न नेपाल प्रहरीको नाममा परमादेश जारी गरेको अदालत प्रशासनले जनाएको छ ।

मधेश आन्दोलनको समयमा शर्मा सहितको समूहले सशस्त्र प्रहरी बल महोत्तरी जलेश्वरमा कार्यरत विकलाई २०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा आन्दोलनकारीले निर्घात कुटपिट गरी अस्पताल लाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरेका थिए।

उनी प्रदेशको सामाजिक विकास राज्यमन्त्री भएपछि उनलाई सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ ।

उच्च अदालत जनकपुरका न्यायधिशद्वय माधवप्रसाद पोखरेल र डा। रविशर्मा अर्यालको संयुक्त इजलासले बुधबार जिल्ला प्रहरी कार्यालय महोत्तरी र कार्यालयका प्रमुखको नाममा परमादेश जारी गरेको हो।हत्या गरिएका असई विककी श्रीमती शोभा गहतराजले दोषीमाथि कारबाहीका लागि निवेदन दिएको थियो ।

महोत्तरी जिल्ला अदालतबाट असई विकको हत्याकाण्डमा संलग्न २५ जनाका नाममा वारेण्टसहितको म्याद जारी भएको छ।

नेपाल प्रहरीले भने आफू कहाँ परमादेश आइनपुगेको जनाएको छ । तर परमादेश भएको २४ घण्टा वितिसक्दा पनि प्रहरीले उक्त आदेश नपाउनेले राजनीति प्रभाव सिधै देखिन्छ । अब प्रहरीले अदालतको पत्र पाउनासथा शर्मालाई पक्राउ गरी कारबाही अघि बढाउनु पर्नेछ ।

  • १७ श्रावण २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !