बेरोजगार नेपालबाट रोजगारयुक्त नेपाल बनाउने प्रम ओलीको दाबी

आजभोलि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले “नेपाललाई आयातकर्ताबाट निर्यातकर्तामा, गरिब नेपालबाट सम्पन्न नेपालमा,पछौटेपनबाट आधुनिक नेपालमा, बेरोजगार नेपालबाट रोजगारयुक्त नेपालमा बदल्नु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “नेपालको पुरानो परिचय बदल्नका लागि उद्यमी व्यवशायीले योजना ल्याउन त्यसमा सरकारको साथ सहयोग हुन्छ ।”

उनले नेपाल भारत व्यापारमा भएको समस्यालाई तत्काल समाधान गरिने बताउनुभएको छ । हालसम देखिएका व्यापारका असमझदारीहरु हटाउन उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिबको नेतृत्वमा एक टोलीलाई भारतीय समकक्षीसँग छलफल गर्न तत्काल पठाउने लागिएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।

उद्योग संगठन मोरङले आज प्रधानमन्त्री निवास बालुवटारमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

नेपालमा हुन लागेको विमस्टेक सम्मेलनमा सहभागी हुन आउन लाग्नुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग व्यापार समस्याको बारेमा कुरा गरिने प्रधानमन्त्री ओलीले बताउनुभयो । “विमस्टेकमा आउनुभएका राष्ट्रप्रमुखसँग सामुहिक रुपमा र व्यक्तिगत रुपमा पनि हाम्रा व्यापारका समस्या समधानका लागि हामी कुरा गर्र्छौं । ”

प्रधानमन्त्री ओलीले उद्यमी र सरकार मिले नेपालको परिचय बदल्नु पर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले अहिलेको बढ्दो व्यापार घाटालाई कम गर्नु पर्ने,व्यापार सन्तुलन कायम गर्नुपर्ने र समग्र आर्थिक अवस्था परिवर्तन गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “हामी आर्थिक परिर्वतन त भनिरहेका छौं तर त्यो बाटो पक्रिरहेका छैनौ” प्रधानमन्त्री ओलीले भन्नुभयो “सरकार र उद्यमीको संयुक्त प्रयासबाट आर्थिक परिवर्तनको बाटो तय गर्नुपर्दछ । यसमा कृषिलाई पनि जोड्नु पर्दछ । ”

प्रधानमन्त्री ओलीले नेपालीहरुमा उपभोक्तावादी चिन्तन बढेको बताउनुभएको छ । “विश्वको जुनसुकै ठाउँमा निस्केको अत्याधुनिक फेसन पनि नेपालीले लगाएकै छन् । अत्याधुनिक खाना पनि खाएकै छन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर आफ्नोमा त्यस्तो फेसन बनाउने वा खाना उत्पादन गर्नेतिर हाम्रो ध्यान छैन । व्यापार घाटा घट्ने मुख्य कारण पनि उपभोक्तावादी चिन्तन नै हो ।”

अहिलेको सरकार स्थिर भन्नाले गतिहिन नभएको प्रधानमन्त्रीले बताउनुभएको छ । देशलाई स्थिरता चाहिएको छ । जनताले स्थिरताको अपेक्षा गरेको तर अगाडी नै नबढ्ने एकै ठाउँमा अडिरहने सरकार नचाहेको प्रधानमन्त्रीको भनाइ छ । “जनताले स्थिरताका लागि पनि गतिशिल सरकारको अपेक्षा गरेका थियो । त्यो पुरा भएको छ । अब यो सरकाले तिनै जनताको अपेक्षा बमोजिमका काम गर्छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उद्योगको स्थापना र सञ्चालनका लागि सरकारले जे जति सहुलियत दिन सकिन्छ त्यसमा सरकारले कञ्जुष्याईं नगर्ने प्रधानमन्त्री ओलीले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सरकारले दोहोरो तेहोरो कर नलिने प्रधानमन्त्रीले बताउनुभएको छ । व्यावशायीहरुले कर वृद्धिको बिषयमा गुनासो गरेपछि प्रधानमन्त्रीले त्यस बिषयमा आफूले थप जानकारी लिने तर दोहोरो करको व्यवस्था चाँही हटाइने बताउनुभयो ।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले नेपालको व्यापार सन्तुलनका लागि सरकारले गर्नुपर्ने तत्कालिन र दीर्घकालिन कामका बारेमा एक कार्यपत्र प्रष्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुपष्कमल दाहाल प्रचण्डले मन्तव्य राख्नु भएको थियो । अन्तरक्रिया कार्यक्रममा मन्त्री र सचिबहरुको पनि उपस्थिती थियो ।

  • १९ श्रावण २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !