एप्पलको बजार मूल्य १० खर्ब

आजभोलि

न्यूयोर्क : एप्पलको बजार मूल्य १० खर्ब अमेरिकी डलर पुगेको

बिहीबार वाल स्ट्रिटमा प्रति सेयर मूल्य २०७.३९ अमेरिकी डलर कायम भएसँगै एप्पल सबैभन्दा ठूलो कम्पनी भएको अमेरिकाको क्यालिफोर्नियामा प्रधान कार्यालय रहेको भिमकाय प्रविधि कम्पनी एप्पलको पहिलो त्रैमासिकमा आम्दानी बढेको विवरण सार्वजनिक भएलगत्तै सेयर मूल्यले नयाँ उचाई छोएको हो

यो ऐतिहासिक सफलता खासगरी सन् २०११ यता प्रमुख कार्यकारीका रुपमा नियुक्त भएका टीम कूकका लागि विशेष महत्वको एप्पलका संस्थापक स्टीभ जब्स गम्भीर बिरामी भएपछि प्रमुख कार्यकारीको पदमा नियुक्त उनीमाथि कम्पनीलाई प्रतिस्पर्धी बनाउन चौतर्फी दबाब थियो एप्पलका संस्थापक जब्सको अक्टोबर २०११ मा निधन भएको थियो

स्टीभ जब्सको निधनपछि, विश्लेषकहरु अरु उद्योग क्षेत्रका जानकारहरुले जब्सले झैं कूकले नयाँनयाँ विशिष्ट प्रविधि भित्र्याउने कुरामा शंका व्यक्त गरेका थिए

तर कूकले ठोस वित्तीय नतिजासँगै विस्तारै लगानीकर्ताबाट स्याबासी बटुल्न सफल भए एप्पलका उत्पादनहरु उनले चीन अरु विदेशी बजारमा विस्तार गर्न सक्षम भए यो स्तरमा पुग्ने एप्पल नै पहिलो निजी क्षेत्रको कम्पनी हो सन् २००७ मा राज्य सञ्चालित कम्पनी पेट्रोचाइनाले मात्र १० खर्ब डलरको बजार मूल्यको सीमारेखा पार गरेको थियो, तर त्यसयता यसको बजार मूल्य लगातार खस्केको थियो

हो, मलाई एप्पलको सफलताप्रति गर्व , तर अङ्क मात्र पनि केही होइन भन्ने बुझ्नु आवश्यक ,” कम्पनीका सहसंस्थापक वज्नियाकले याहू फाइनान्सलाई बताउनुभएको

अमेरिकी प्रविधि कम्पनीहरुले फैलिदो बजारमा आफ्नो प्रभावलाई राम्रैसँग स्थापित गरेका छन्, अहिले सेयर मूल्यका आधारमा पाँच उत्कृष्ट कम्पनीमा पहिचान बनाएका छन् एप्पलको पछिपछि एमेजोन, गुगल, माइक्रोसफ्ट फेसबुक छन्

विश्व बैंकको सन् २०१६ को तथ्याङ्क अनुसार, १० खर्ब डलर भनेको इन्डोनेसियाको झण्डै वार्षिक कूल गार्हस्थ्य उत्पादन बराबर हो, बेल्जियमको भन्दा दोब्बर हो

अमेरिकी सेयर बजारको मुख्य परिसूचक डाउले पनि पहिलोपटक २५,००० विन्दु पार गरेको योसँगै एप्पलले पनि नयाँ उचाई छोएको हो १० खर्ब डलरको उचाई छुनु भनेको मनोवैज्ञानिक कुरा हो, यसले बजारमा वृद्धि आकार दुवैमा कम्पनीको प्रभाव बलियो रहेछ भन्ने सन्देश दिन्छ,” एस एन्ड पी डाउ जोन्सका वरिष्ट विश्लेषक होवार्ड सिल्भरब्लाटले बताउनुभयो

सन् २००७ मा स्टीभ जब्सले आइफोनको पहिलो मोडेल सार्वजनिक गरेयता हालसम्म एप्पलले एक अर्बभन्दा बढी मोबाइल सेट बिक्री गरिसकेको सेयर पुनः खरिद गर्न एप्पलले अर्बौं डलर खर्च गरेका कारण पनि एक खर्ब डलरको बजार मूल्य कायम गर्न मद्दत पुगेको बताइन्छ

कम्पनीले मोबाइलको हार्डवेयर सफ्टवेयरमा नियन्त्रण गर्ने विशिष्ट प्रविधि अपनाएको , मोबाइल प्रयोगकर्ताले एप स्टोरबाट आफूलाई चाहिएका एप्सहरु डाउनलोड गर्नु पर्दछ जसका कारण राजश्वमा थप वृद्धि भएको

पछिल्लो पटक अमेरिकाचीन व्यापार विवाद, बौद्धिक अधिकार तथा प्रविधिमा आएका नयाँनयाँ चुनौतीका कारण कम्पनीले सङ्घर्ष गर्नु परेको । एएफपी 

  • १९ श्रावण २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !