सभापति पङ्गेनीको निधनः पार्टीलाई अपुरणीय क्षती भएको भन्दै सभापति देउवाद्वारा दुःख व्यक्त

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाद्वारा स्याङ्जा जिल्लाका सभापति कमलप्रसाद पङ्गेनीको निधनप्रति दुःख व्यक्त गरेका छन् । पङ्गेनीको निधनले पार्टीले ठूलो क्षति व्यहोरेको भन्दै सभापति देउवाले शोक विज्ञप्तिमार्फत नेता पङ्गेनीको असामयिक निधनबाट काँग्रेस पार्टी तथा नेपालको लोकतान्त्रिक आन्दोलनको अभियानमा नै अपूरणीय क्षति पुगेको बताएका छन् । उनको पार्टीप्रति लगाव सधै खड्की रहने पनि बताएका छन् । उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै नेपाली कांग्रेसको झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस स्याङ्जाका सभापति तथा पूर्वसांसद कमलप्रसाद पङ्गेनीको निधनमा दुःख व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस स्याङ्जाको पार्टी कार्यालय परिसरमा राखिएको पंगेनीको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा. शशांक कोईराला, शेखर कोइराला, गोपालमान श्रेष्ठ, नेता धनराज गुरुङ्, नेता गगनकुमार थापा, नेता प्रदिप पौडेलले श्रद्धान्जली अर्पण गरेका थिए ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत नेता पङ्गेनीको असामयिक निधनबाट काँग्रेस पार्टी तथा नेपालको लोकतान्त्रिक आन्दोलनको अभियानमा नै अपूरणीय क्षति पुगेको बताउएका छन् । उनको आइतवार बिहान ५स्३० बजे स्याङ्जामा हृदयाघातबाट निधन भएको हो ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय पङ्गेनीप्रति सम्मान प्रकट गर्न काँग्रेसले यही साउन २१ गते केन्द्र र ७७ वटै जिल्ला कार्यालय बन्द गर्ने र पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । त्यस्तै पार्टीले पार्टी स्याङ्जा जिल्ला कार्यालय तीन दिन बन्द गर्नाका साथै पार्टीको झण्डा आधा झुकाउने, केन्द्रीय कार्यालय र सम्बन्धित स्याङ्जा जिल्ला कार्यालयमा १३ दिनसम्म शोकपुस्तिका राख्ने र १३ औँ दिन स्याङ्जाको सदरमुकाममा श्रद्धाञ्जलिसभा आयोजना गर्ने निर्णय गरेको सचिव शर्माले जानकारी दिएका छन् ।

विसं २०१९ जेठ १९ गते स्याङ्जाको भीरकोट नगरपालिका– ६ मा जन्मनुभएका पङ्गेनी २०७० सालको संविधानसभा निर्वाचनमा स्याङ्जा–२ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । कांग्रेस स्याङ्जाको राजनीतिमा प्रतिभाशालि नेतामा रुपमा देखिएका पंगेनी २०६०, २०६७ र २०७२ मा गरि तीन पटक स्याङ्जा कांग्रेस सभापति बन्न सफल भएका थिए । उनकाल श्रीमती, एक छोरा र एक छोरी छन् ।

  • २० श्रावण २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !