प्रचण्डको नयाँ काइदाः शिलान्याश नेपालीमा, भाषण हिन्दीमा !

आजभोलि

प्रचण्डको नयाँ काइदाः शिलान्याश नेपालीमा, भाषण हिन्दीमा !

काठमाडौं । नेकपाको द्धितिय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं २३ अन्तर्गतको मोतीसर चोकदेखि बैराठपुर, भतौडा, गंगापुर हुँदै श्री ३ चन्द्र माविसम्मको ९ किलोमिटिर सडक को शिलान्यास गरेका छन् । नेपाली भाषा लेखिएको शिलन्याश कार्यक्रममा हिन्दी भाषामा भाषण गरेको थिए । र उक्त सडकको प्रचणपथ रहने शिलन्याश स्तम्भमा उल्लेख गरेको छ ।

निकै तामझामकासाथ उद्घाटन गरिएको उक्त सडकको लम्वाई भने ९ किलोमिटर मात्र रहेको छ । कलैया उपमहानगरपालिकाले प्रचण्डको स्वागतमा निकै तामझाम गरेको थियो । बीचबीचमा नेपाली घुसाएर हिन्दी बोलेका प्रचण्डले निकै लामो भाषण गरेका थिए । उपस्थित स्थानीयहरु प्रचण्डको हिन्दी सुनेर मुखामुख गरिरहेका थिए ।

शहरी विकास मन्त्रालयको सहयोगमा सो सडक कालोपत्रे हुनेछ । सडकको नाम ‘प्रचण्डपथ’ रहनेछ । करीब ९ किलोमिटरको सो सडक निर्माणका लागि रु ४८ करोड ९३ लाख ३८ हजार रुपैयाँ लाग्ने भएको छ । सडकको चौडाइ नाला दुवैतिर छाडी ३० फिट रहने जनाइएको छ ।

उनले अिन्दीम्रै भने वर्तमान सरकारलाई असफल पार्ने र नेकपाको एकता भाँड्नका लागि देशीविदेशी शक्ति लागिपरेको आरोप लगाएका छन् । र, एक अर्को प्रसंगमा उनले निजगढमा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि चाँडै शुरुआत हुने बताए ।

  • २१ श्रावण २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !