फोरमको संविधान संशोधन, सत्ता बार्गेनिङ की राजनीतिक समाधान ?

आजभोलि

काठमाडौं । जब जब सरकार निर्माण हुन्छ, तब संघीय समाजवादी फोरम नेपालले संविधान संशोधनको कुरा उठाउँछ । सत्तधारी दलसँग बैठक बस्छ । सम्झौता गर्छ । अनि सरकारमा जान्छ । सरकारमा रहँदा मौन बस्छ । फेरी सरकार छोड्दा त्यही विषयमा निहुँ खोज्छ । सरकारबाट बाहिरिन्छ । यसरी फोरम नेपालको सत्ता बार्गेनिङ अहिलेसम्म चलिरहेको छ ।

प्रशंग, उपप्रधानमन्त्री उपेन्द्र यादव भाषणको हो । उनी सरकारमा जानुभन्दा पहिले पनि संविधान संशोधनको कुरा उठाएका थिए । नेकपासँग सहमति पनि गरे । बीचमा सेलाए । फेरी संशोधनको प्रशंग उठान गरेका छन् ।

काठमाडौंको एक कार्यक्रममा यादवले भने, संघीयता र गणतन्त्रलाई बलियो बनाउन संविधान संशोधनको विकल्प नभएको बताए । सबैको समान अधिकार पाउने अवस्था सिर्जना गर्न संविधान संशोधन अनिवार्य भएको यादवले दाबी गरे । “संविधान संशोधन गर्ने, किनारा लाग्न बाँकी राष्ट्रिय मुद्दाको सम्बोधन गर्ने र विगतमा भएका विभिन्न आन्दोलनको उपलब्धिलाई संस्थागत गर्ने सहमति भएर हामी सरकारमा आएका हौँ, अहिले सहमतिलाई पूरा गर्ने अभियानमा हामी लागेका छौँ ।”

उनले भने अहिलेकै संविधानका प्रावधानबाट पछाडि परेका वर्ग, जाति, भाषा, धर्म र भूगोलको समस्या एवं अधिकार सम्बोधन गर्न असम्भव छ । “अहिलेम्म केही सीमित व्यक्तिको वरिपरि मात्रै सत्ता घुमेको छ, सत्ताको पहुँचसम्म नेवार, मधेशी, जनजाति, दलित र पहाडका खसको पहुँच पुगेको छैन, अब पहुँचको विस्तार गर्नुपर्छ ।”

यादवले संविधान संशोधन कुरा गरे पनि गाँठी कुरा सत्ता बार्गेनिङ नै भएको एक जान मधेशसम्बन्धि जानकारले बताए । उनका अनुसार यदी यो सरकारले फोरम नेपालले भनेजस्तो गरी संविधान संशोधन गरिदिएमा उनीसँग न त सरकारमा जानको लागि मुद्दा हन्छ, न त मधेशी जनतालाई देखाउने विषय नै बाँकी रहन्छ । यो सबै देखाओटी भएको उनले दाबी गरे ।

जानकारका अनुसार मधेशी दलहरुको मधेशप्रति भन्दा पनि सत्तप्रति बढी मोह भएको बताउछन् । हरेक पटक सरकारमा जाँदा संविधान संशोधनको विषय उठ्छ । अनि सरकारमा हुँदा सेलाउँछ । किनभने सत्तामा हुन्जेल मौन नबसेभने सत्तागठबन्धन टुट्ने डर हुन्छ । त्यही भएर बोल्दैनन् । जब सत्तागठबन्धन टुट्छ । फेरी शुरु हुन्छ, संविधान संशोधनको राजनीति ।

  • २२ श्रावण २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !