जापानमा दोस्रो विश्वयुद्धबाट ध्वस्त गरिएको हिरोसिमा नरसंहारको सम्झना

आजभोलि

जापान । सोमबार बिहान हिरोसिमा शहरमा घण्टा बजाएर आजभन्दा ७३ वर्षअघि दोस्रो विश्वयुद्धका क्रममा विश्वमै पहिलो पटक भएको आणविक बम हमलाको सोमबार स्मरण गरिँदैछ । जापानको हिरोसिमा शहरमा उक्त नरसंहारको स्मरण गरिएको थियो । जापानभर सोमवार उक्त नरसंहारको स्मरण गरियो ।

हिरोसिमामा सन् १९४५ को अगष्ट ६ मा अमेरिकाले गरेको आणविक बम आक्रमणबाट भएको नरसंहारको स्मरण गर्न हिरोसिमामा रहेको शान्तिपार्कमा हजारौँ नागरिक जम्मा भएका थिए । सन् १९४५ मा उक्तदिन बिहान अमेरिकी सैनिकको एक युद्धक विमानले बी–२९ नामको आणविक बम जापानको बन्दरगाह शहर हिरोसिमामा खसालेको थियो ।

त्यस बमको असरबाट कम्तीमा पनि १ लाख ४० हजार हिरोसिमाबासी नागरिकको ज्यान गएको थियो । बमको असरले अरु हजारौँ व्यक्ति नराम्ररी प्रभावित भएका थिए ।  सोमबार बिहान हिरोसिमा शान्ति पार्कमा उक्त नगरका नगर प्रमुख काजुमी मात्सुइ वार्षिक समारोहमा उभिनुभयो र आणविक अस्त्र बिनाको विश्वको लागि विश्व समुदायसँगै अपिल गर्नुभयो ।

संसारका देशहरुमा बढ्दो राष्ट्रियतावादको नारा आणविक अस्त्र विनाको विश्वको लागि एक चुनौती बन्दै गएको बताउनुभयो । कुनै पनि देशको नाम नलिई उहाँले भन्नुभयो– विश्वका कतिपय देशहरुले आत्मकेन्द्रित रुपमा नै राष्ट्रियतावादको नारा दिएका छन् र यसको संरक्षणका लागि भन्दै आणविक अस्त्रहरुको आधुनिकीकरण गरिरहेका छन् ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा यस्ता आणविक अस्त्रहरुको बृद्धि गर्ने कुरा गरेको एक वर्षपछि हिरोसिमाका नगर प्रमुख मात्सुइले विश्वबाटै यस्ता हतियारहरुको उन्मूलन गर्न आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो– आणविक अस्त्र उन्मूलन गर्ने प्रयासहरुलाई निरन्तरता दिइनैपर्छ । यस्ता हतियारहरु निर्माण नगर्ने र त्यस्ता देशलाई पनि सहयोग नगर्ने जापान सरकारको नीति छ ।

दोस्रो विश्वयुद्धको उत्तरार्धतिर अमेरिका र जापानबीच युद्ध भएको थियो । त्यस क्रममा अमेरिकाले जापानको हिरोसिमामा अगष्ट ६ र नागासाकीमा अगष्ट ९ मा अणु बम हानेको थियो । नागासाकीमा गरिएको सो हमलाबाट ७४ हजार जापानी नागरिकको ज्यान गएको थियो । अरु हजारौँ नागरिकमा यस बमको प्रभावले स्वास्थ्यमा नकारात्मक प्रभाव परेको थियो ।

हिरोसिमामा पुग्ने पहिलो अमेरिकी राष्ट्रपति बाराक ओबामा हुनुभएको छ । उहाँ उक्त शहरमा सन् २०१६ को मे महिनामा पुग्नुभएको थियो ।

  • २२ श्रावण २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !