डोटी राजधानीको लागि धनगढीमा डोट्यालको प्रर्दशन

आजभोलि

धनगढी । प्रदेश नम्बर ७ को राजधानी डोटी बनाउनु पर्ने भन्दै डोटीमा लगातार प्रदृश्न भइरहेका छन् । प्रदेश सरकारले ७ नम्बरको नाम र राजधानीको विषय टुंगो लगाउनसमति गठन गरेपछि झन चर्किएको छ । पछिल्लो समयमा डोटी राजधानीको लागि धनगढी लगायतका स्थानमा प्रर्दशन भइरहेको छ । र, पार्टीका नेताहरु पनि डोटीकै लागि परेको स्थानीय बासिन्दाले बताए ।

डोटीमा भएका क्षेत्रीय कार्यालय लगातार कैलाली सारेपछि झन डोटेली जनता आक्रोसित भएको युवा नेता गणेश खड्काले जानकारी दिए । उनले भने सबैको लागि पायक पर्ने ठाउँ डोटी नै भएकाले ७ नम्बरको राजधानी डोटी हुनु पर्ने जिकीर गरे ।

दिपायलमा राजधानी बनाउँदा पहाडी सात जिल्लालाई न्याय हुने र जिल्लामा विकासको सन्तुलन कायम हुने उनीहरुको भनाइ छ । उनीहरुले मंगलबार धनगढीमा प्रदर्शनसमेत गरेका थिए ।

बसाइँसराइका कारणले तराईका जिल्लामा जनसंख्या वर्सेनि बढ्दै गएको र पहाडी जिल्लामा घट्दै गएकाले तीव्र बसाइँसराइ रोक्न एवं पहाडी जिल्लामा विकासको सन्तुलन कायम गर्नका लागि दिपायलबाहेक अन्यत्र राजधानीको विकल्प नरहेको संघर्ष समितिको ठहर छ ।

धनगढीमै स्थायी राजधानी भएमा पहाडी जिल्लावासी राजनीतिक अधिकार र विकासबाट बन्चित हुने संघर्ष समितिको तर्क छ । पछिल्लो समयमा कैलालीमा सबैको जिल्लाको मिश्रित बसोबास बढ्दै गइरहेको छ । कैलाली भए थारु समुदायलाई पनि सहज हुने भएकाले कैलाली नै उपयुक्त हुने धेरैको भनाइ रहेको छ ।

  • २२ श्रावण २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !