प्रधानमन्त्री ओलीले पदीय प्रतिष्ठा र र जिम्मेवारी विपरित दुरासयपुर्ण दोहोरो भूमिका खेलेको कांग्रेसको गम्भिर आरोप

आजभोलि

काठमाडौं । नेपाली कांग्रेसले सर्वोच्च अदालतको प्रधानन्याधिश नियुक्तिमा दोहोरो भूमिका खेलेको आरोप लगाएको छ । आज पार्टी कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री ओलीले आफ्ना संसादलाई सुनुवाई समितिमा निर्देशन दिएर हस्तक्षेप गरेको आरोप लगाएको छ ।

न्यायपरिषद्को बैठकबाट सर्वसम्मत सिफारिस भएका कामुन्यायधीश दिपकराज जोशी सुनुवाई समितिले अस्वीकार गर्नु विधि, कानुन र प्रचलित परम्परा विपरित भएको जनाएको छ ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएकोछ, संवैधानिक परिषद ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धि ऐन, २०६६ को दफा ५ को व्यवस्था बमोजिम प्रधानन्यायाधिश पदमा नियुक्त हुन संविधान तथा प्रचलित कानूनमा उल्लेख भएको योग्यता, उपयुक्तता र निजको सामाजिक प्रतिष्ठा, उच्च नैतिक चरित्र, इमान्दारिता, निजप्रतिको जनभावना तथा निजले पहिले गरेको सेवा र पेशागत अनुभव समेतलाई आधार मानी संवैधानिक परिषदले प्रधानमन्त्रीको प्रस्तावमा सर्वसम्मत रुपमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

कांग्रेसले अनुसार जोशीको नाम संसदीय सुनुवाई समितिमा अनुमोदनका लागि पठाएको थियो । तर, प्रधानमन्त्रीकै निर्देशनमा प्रधानमन्त्रीको पार्टीको तर्फबाट संसदीय सुनुवाई समितिमा प्रतिनिधित्व गर्ने संघीय संसदका सदस्यहरुबाट विना आधार र कारण सर्वोच्च अदालतको प्रधानन्यायाधिश पदमा नियुक्त गर्ने सिफारिस अस्वीकृत गर्नु न्यायोचित नभएको बताएको छ ।

र, नेपाली कांग्रेसले प्रधानन्याधिश प्रकरणमा अझ सशक्त रुपले अगाडी बढाउने जनाएको छ ।

  • २२ श्रावण २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !