के निशानको जीवितै उद्धार सम्भव थियो ? कल डिटेल रिपोर्ट अउनै लाग्यो १२ घण्टा

आजभोलि

काठमाडौं । सामाजिक संजालमा निशान खड्कालाई जीवतै उद्धार गर्न सकिन्थ्यो की सकिदैनथ्यो बहस चलेको छ । प्रहरीले अझ सावधानीपूर्वक कदम चालेको भएका जीवित सम्भव हुनसक्यो । प्रहरीले अपहरणकारीको मोवाइलमा म्यासेज नपठाई उनीहरुको लोकसन ट्रयाक गरेको भए जस्वति सम्भव हुनसक्यो की ?

अपराध विज्ञहरुका अनुसार प्रविधि तथा प्रहरीका अरु निकायसँथ समन्वय भएको भए जीवितै उद्धार सम्भव हुनसक्यो । उसले प्रविधिको प्रयोग नगरी प्रहरी परिचादनमात्र गर्यो जसले घट्नालाई अझ जोखिमयुक्त बनाएको उनीहरुको दाबी रहेको छ ।

राजधानीको काँडाघारीबाट आइतवार साँझ अपहरणकारीले आइतवार साँझ ८ बजे बालककी आमालाई दुई पटक फोन गरी फिरौती माग गरिसकेका थिए, ती अधिकारीले भन्नुभयो, ‘यस्तो बेला पीडितको परिवारलाई फिरौतीको सम्बन्धमा बार्गेनिङ गर्न दिनुपर्नेमा वर्दीधारी प्रहरीले घेरामा राख्नु प्राविधिकरूपमा उचित होइन ।’

अपहृत बालककी आमा चमेली खड्कालाई प्रहरीले आफ्नै भ्यानमा राखेर अपहरणकारीसँग फिरौतीको ‘बार्गेनिङ’ गर्न लगाएको थियो । यसले पनि बालकमाथि जोखिम बढायो, अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकारीले बताए ।

प्रहरी प्रहरीबीच समन्वयको अभाव

अपहृत बालक निशानको परिवारको सम्पर्कमा प्रहरी एकैसाथ पुग्यो, यसले अपहरणकारीलाई आफू पक्राउ पर्ने डर सिर्जना गर्यो, यही कारण उनीहरुले बालकको राति नै हत्या गरेको देखियो, अपराध महाशाखाका प्रमुख धिरजप्रताप सिंहले भने सादा पोशाकका प्रहरी खटाइसकेको अवस्थामा अन्य बर्दिधारी प्रहरीको परिचालन अस्वाभाविक देखिये ।

बालक अपहरण परेको खबर पाउना साथ महानगरीय प्रहरी परिसरले मात्रै होइन महानगरीय प्रहरी अपराध महाशाखाले पनि घटनास्थल वरपर ठूलो मात्रामा वर्दिधारी प्रहरी खटाएको थियो । शादा पोशाकका सुराकी गर्ने प्रहरी खटाउनुपर्नेमा मुठभेडमा उत्रने जस्तो गरी वर्दिधारी प्रहरीको बाक्लो परिचालनले गर्दा अनुसन्धानमा कठिनाई भएको प्रहरीको दाबी छ ।

त्यस्तै, फिरौती माग्न प्रयोग भएको मोबाइलको नयाँ सिमकार्ड अपहरणकारी गोपालकै नाममा दर्ता देखिन्छ । यो सीम फिरौती माग्नलाई दुई पटकसम्म प्रयोग भएको थियो । प्रहरीले सीम प्रयोग भएको लोकेसन सानोठिमी क्षेत्र भएको आइतवार राति नै पत्ता लगाइसकेको थियो तर सीम दर्ता र मोबाइलको आईएमई नम्बर लगायतका विवरण तथा सिडिआर कल डिटेल रिपोर्ट भने सोमवार विहानमात्र प्रहरीलाई प्राप्त भएको थियो ।

मोवाइल सेवा प्रदायक कम्पनीबाट सिडिआर प्राप्त गर्न प्रहरीलाई निकै गाह्रो छ, महाशाखाका प्रमुख सिंहले भन्नुभयो,‘यस्तो जघन्य अपराधको अनुसन्धानका लागि सिडिआर माग्दा अदालती प्रक्रियामा जानुपर्ने कानुनी व्यवस्था छ । यसले प्रविधिको प्रयोगमार्फत द्रुत गतिमा अपराधी र उसको लोकेशन पत्ता लगाउन कठिन भएको छ ।
सोमवार बिहान साढे सात वजे प्राप्त भएको सिडिआरमा फिरौती माग्न प्रयोग भएको सीम र अपहरण घटनाका मुख्य योजनाकार गोपालले नियमित रुपमा प्रयोग गर्दै आएको मोबाइल सेटको आइएमइ नम्वर एउटै देखिएको थियो ।

अपहरणकारी गोपालले नियमित रुपमा प्रयोग गर्दै आएको मोवाइल सेटमा नयाँ सीम राखेर फिरौती मागेका थिए, त्यसको केही समयपछि नयाँ निकालेर पुरानै सीम राखेको प्रहरीको दाबी छ ।

निश्कर्षमा पुग्न १५ घण्टा

अपहरण घटना भएको १५ घण्टापछि प्रहरीले सिडिआरको सहयोगमा बालकको अपहरण गोपालले नै गरेको निष्कर्षमा प्रहरी पुगेको थियो । यही विवरण अपहरणको एक/दुई घण्टा भित्र प्राप्त गर्न सकेको भए बालकको मृत्यु अघि नै उद्दार गर्न सकिन्थ्यो, अनुसन्धानमा संलग्न एक अधिकारीले दाबी गर्नुभयो ।

हत्यापछि अपहरणकारी सुते

निशानको शव खाल्डोमा गाड्ने क्रममा जुत्ता र लुगामा लागेको हिलो धोएर त्यसलाई डोरीमा टाँगी अपहरणकारी सुतेका थिए । बिहान एक्कासी प्रहरी कोठामा पुग्दा झस्किएका गोपाल तामाङ र उनका सहयोगी अजय तामाङले निशानको अपहरण घटनाबारे आफूहरुलाई जानकारी समेत नभएको भन्दै प्रहरीलाई झुक्याउन सफल भएका थिए तर करिब एक घण्टा लामो अनुसन्धानपछि गोपालको खल्तीबाट फिरौती माग्न प्रयोग भएको नयाँ सीम र मोवाइल बरामद भएपछि उनीहरू गलेका थिए । त्यसपछि उनीहरुले निशानको अपहरणपछि हत्या गरी गाडेको खाल्डो प्रहरीलाई देखाएका थिए ।

महाशाखाका प्रमुख सिंह र अनुसन्धान अधिकृत रुगमबहादुर कुँवरको टोलीले निशानको शव गाड्न प्रयोग भएको बेल्चा र कोदाली नै प्रयोग गरी शव बाहिर निकालेका थिए । त्यसपछि बालक निशानको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पु¥याइएको थियो ।

प्रहरीको अनुसन्धानमा परिसकेका भनिएका दुबै अभियुक्त गोपाल र अजयको सुरक्षाकर्मीसँगको मुठभेडमा सूर्य विनायकस्थित पाइलट बाबा आश्रम मार्गमा मृत्यु भएको महाशाखाका प्रवक्ता नरेन्द्र उप्रेतीको दाबी छ ।

  • २३ श्रावण २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !