निरुपालको यस्तो छ, झूठको खेतीः लुटियो भनेको मोबाइल उनकै रुममा

आजभोलि

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बा’ भन्ने सांसद निरु पालले झुठको खेती गरेर झुक्याएको खुलेको छ । प्रधानन्यायाधीशका लागि दीपकराज जोशीको संसदीय सुनुवाई विशेष समितिमा सुनुवाई चल्दाचल्दै आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै सबैको ध्यान खिचेकी पालले उनको लुटिएको भनिएको मोबाइल नै घरमै भेटिएपछि झुठको खेती खुल्दै गएको छ ।

उनले आफू असुरक्षित भएको भन्दै पीएसओ माग गरी सरकारी सुरक्षा पाएकी छिन् । तर उनलाई उनको कोठा नजिक आफूमाथि भएको धम्कीको घटना अहिलेसम्म पुष्टि भएको छैन ।

पालले सुनाएअनुसार उनको कोठा रहेको मध्यबानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेसपछाडि साउन १५ गते राति साढे ८ बजे अज्ञात हतियारधारी व्यक्तिहरु मोटरसाइकलमा आएका थिए । दीपकराज जोशी संसदीय सुनुवाइबाट अनुमोदन नभएमा ठीक नहुने भनी कञ्चटमा पेस्तोल ताके यदि उनी अनुमोदित भएनन् भने ‘बा’ केपी ओलीले पनि तलाईं बचाउन सक्दैनन् भने । र, उनीसँग रहेको आइफोन लुटियो ।

यो जानकारी पाउनासाथ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल टेकुस्थित प्रहरी परिसरका हाकिमहरुसँग कराए, किन अहिलेसम्म केही पत्ता नलगाएको भनेर । प्रहरी परिसरले एसपी रामदत्त जोशीको संयोजकत्वमा एउटा छानविन टोली बनाएको छ । तर, केही पत्ता लागेको छैन ।

प्रहरीले अनुसन्धान थाल्यो, लुटिएको भनिएको मोबाइलको लोकेशनबाट । उनले जुन समय आफ्नो अन्तिममा १४० नम्बर भएको मोबाइल लुटियो भनेकी छिन्, अनुसन्धानमा त्यो मोबाइल लुटियो भनिएको ७–८ घण्टासम्म आफ्नै कोठातिर चलेको देखिन्छ । नियमित नम्बरहरुमा फोन गएको छ, आएको पनि छ । तर, जब भोलिपल्ट यो कुरा उठाइन् र सर्वत्र जिज्ञासाको विषय बन्यो, यसपछि मोबाइल स्वीच अफ हुन्छ ।

प्रहरीले निरुलाई आशंका गरेको व्यक्ति कोही छन् कि भनेर सोध्दा केही नाम दिइन् । त्यसमध्ये केही व्यक्तिलाई प्रहरीले फेला पार्यो, सोध्यो, तर पुष्टि भएन । जनआस्था साप्ताहिकमा समाचार प्रकाशन भएको छ ।

  • २३ श्रावण २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !