गणेश लामालाई १ वर्ष कैदसँगै १ करोड ४० लाख जफत

आजभोलि

काठमाडौं । गणेश लामालाई विशेष अदालतले सम्पत्ति शुद्धिकरणमा एक वर्ष कैदको फैसला गरेको छ । उनीलाई दोषी सावित गर्दै बिहीबार विशेष अदालतले उक्त फैसला गरेको हो । साथै, अदालतले १ करोड ४० करोड ५० लाख रुपयाँ जफत गर्ने आदेश पनि दिएको छ ।

बिहीबार विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशहरु द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले यस्तो फैसला सुनाएको हो ।

सम्पत्ति शुद्धीकरण विभागले नेपाली कांग्रेसबाट काभ्रे प्रदेशसभा क्षेत्र नम्बर–१ को ख बाट उम्मेदवार बनेका लामासँग रहेको २७ करोड एक लाख रुपैयाँको स्रोत नखुलेको भन्दै मुद्दा दायर गरेको थियो ।

सम्पत्ति शुद्धीकरण विभागले २०७० जेठ ६ गते लामासहित गुन्डानाइकेहरु परशुराम बस्नेत, अभिषेक गिरी, दीपक मनाङे र चक्रे मिलनविरुद्ध मुद्दा दायर गरेको थियो ।

लामा हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा अहिलेपनि डिल्लीबजार कारागारमा छन् । उनी काठमाडौंको गौशलाबाट पेस्तोलसहित पक्राउ परेका थिए ।

सम्पत्ति शुद्धीकरणमा मुद्दामा परशुराम बस्नेतले भने सफाए पाएका छन् ।

  • २४ श्रावण २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !