यस्ता छन्, नेकपा सचिवालय बैठकका ६ महत्वपूर्ण निर्णय

आजभोलि

काठमाडौं । नेकपाको बिहीबारबसेको सचिवालय बैठकले निर्वाचित जनप्रतिनिधिहरुले पार्टीको मुख्य पदमा बस्न नपाउने तथा पार्टीको मुख्य कार्यालय धुम्बाराही राख्ने लगायतका निर्णय भएका प्रवक्ता नारायणकाजी श्र्ष्ठले जनाएका छन् । उनका अनुसार तपशील बमोजिम निर्णय भएको जनाइएको छ ।

 


१) पार्टीको केन्द्रीय कार्यालयमा धुम्बाराहीमा रहनेछ। जनबर्गिय सँगठन,आयोग तथा बिभागका केन्द्रीय कार्यालयहरु सम्भव भएसम्म पेरिसडाँडामा रहनेछ।

२) प्रदेश पार्टी तथा जनबर्गिय सँगठनहरुको एकिकरणका लागि सुझाब प्रतिवेदन पेश गर्न गठित कार्यदलहरुलाई दिईएको समय बढाई श्रावण मसान्त सम्म गरिएको छ।

३० सँघिय तथा प्रदेश सरकारका सदस्यहरु ,प्रदेशसभाका दल नेता तथा उपनेता हरु, संघिय संसद तथा प्रदेशसभाका समितिका सभापतिहरु, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरु, सबैस्तरका नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु र गाँउपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरुले पार्टी कमिटीको अध्यक्ष र सचिबको कार्यकारी जिम्मेवारी लिनुहुने छैन।
सँघिय संसद तथा प्रदेश सभाका सदस्यहरुले जिल्ला कमिटी वा सो भन्दा तलका कमिटीहरुका अध्यक्ष र सचिबको जिम्मेवारी लिनुहुनेछैन।

४)  राजनितिक प्रतिबेदन श्रावण मसान्तसम्ममा प्रकाशित गरिनेछ।

५)  आर्थिक बिनियम सहित विभिन्न निर्देशिका र आचारसंहिताको मस्योदा गरि प्रतिवेदन पेश गर्न क।सुबास नेम्वाङको सँयोजकत्वमा एक कार्यदल गठन गरिएको छ।

६)  स्थायी कमिटीको बैठक भाद्र ८ र ९ गते काठमाडौमा बस्नेछ।

  • २४ श्रावण २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !