गंगामायाको पुरानो भत्केको घरमा म्याद तामेली टाँस

आजभोलि

गोरखा । फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या प्रकरणका जाहेरवाला नुरप्रसाद अधिकारीको घरमा म्याद तामेल गरिएको छ ।

गोरखा अदालतका तामेलदार टेकबहादुर वली र टीकाराम थापाले साउन २३ गते बेलुका फुजेल पुगेर अधिकारीको वर्षौँदेखि बस्न छाडेको जीर्ण घरको दैलोमा म्याद टाँस गरी फर्किएको गोरखा अदालतका श्रेष्तेदार गोविन्द आचार्यले जानकारी दिए । जाहेरवाला नुरप्रसाद अधिकारीलार्ई भदौ ४ गते सोमबारका लागि बकपत्र गर्न अदालतले गत साउन २० गते आदेश गरेको छ ।

गण्डकी गाउँपालिका–३ का वडाअध्यक्ष नवराज श्रेष्ठले वडा कार्यालयमा पनि म्याद तामेल भएको कागजमा रोहवरको रूपमा हस्ताक्षर गरेका छन् । यसअघि फुजेल गाउँमा रहेको चौताराको पिपलबोटमा म्याद तामेल भएको थियो ।

यसअघि भएको म्याद तामेलीबाट बकपत्रका लागि नुरप्रसाद नआएपछि उनको नामको म्याद पुन तामेल जारी गर्ने आदेश भएको हो । अदालतले नबुझी नहुने भनेको जाहेरवालाको अनुपस्थितिमै फैसला गर्न लागिएको भन्दै जाहेरवाला पक्षका वकिलहरूले आपत्ति प्रकट गरेपछि पुनः म्याद तामेल जारी गर्न न्यायाधीश कुलप्रसाद शर्माबाट आदेश भएको हो ।

नुरप्रसादको परिवार ०६४ पुस १० गते नै गाउँ छाडेर गोरखा सदरमुकाम बसाइ सरेको थियो । तर, गोरखा अदालतका तामेलदारहरूले सोही घरमा पुगेर म्याद टाँसेर फर्केका छन् । यो परिवारले फुजेलको घर छाडेको १० वर्ष भइसकेको छ

इन्सेक अनलाइनबाट

File Photo

  • २४ श्रावण २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !