सरकारद्वारा देशैभरी विप्लवका कार्यकर्तामाथि धरपकड

आजभोलि

काठमाडौं । सरकारले विप्लव नेतृत्व नेकपाका नेता तथा कार्यकर्ता पक्राउ गरेको छ । नेपाल प्रहरीले काठमाडौं उपत्यकाबाट पार्टी प्रवक्ता खड्ग वहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित करिव एक दर्जन कार्यकर्तालाई पक्राउ गरेको छ । नेपाल प्रहरीका अनुसार प्रकाण्डले जबरजस्ती चन्दा उठाएको तथा आपराधिक गतिविधि लगाएका कार्य गरे वाफत पक्रेको जनाएको छ ।

गृहमन्त्री थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्मा चन्दा आतंक र हिंसात्मक गतिविधिमा लागेका कारण पक्राउ गरिएको बताएका थिए। कानून र विधिलाई उल्लंघन गर्नेलाई नियन्त्रण गर्ने प्रक्रियामा विश्वकर्मा पक्राउ परेका हुन्, उनले भनेका थिए। मन्त्री थापाले भनेका थिए, म गृहमन्त्री हुँ, गृहमन्त्रीको जिम्मेवारी अपराधी नियन्त्रण गर्ने हो ।

शनिवार नै नेपाल कम्युनिष्ट पार्टी कास्कीका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्ने नेकपा कार्यकर्ताहरुमा क्रान्तिकारी भूमीहिन सुकुम्बासी संघ कास्कीका अध्यक्ष टिकाराम घिमिरे र अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटी सम्मेलन आयोजक कमिटी सदस्य सागर काफ्ले रहेको जनाइएको छ ।

एक महिना अघि बझाङमा नेकपाका नेता चन्द्र जंग बहादुर सिंहको घरमा राती छापामारी परिवारलाई दुख दिएको थियो । पछिल्लो समयमा देशरभरी विप्लबका कार्यकर्ताहरुको खोजी कार्य जारी रहेको छ । यसरी उनीहरुमाथि धरपकड बढ्दै गइरहेको नेकपाले जनाएको छ ।

  • २६ श्रावण २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !