इन्नोभेशन इन टिभिइटी फर सोसियो-इकोनोमिक डेभलपमेन्ट सम्मेलन काठमाडौमा हुने

आजभोलि

काठमाडौं । आगामी असोज १८ र १९ गते ‘इन्नोभेशन इन टिभिइटी फर सोसियो-इकोनोमिक डेभलपमेन्ट’ विषयक दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने भएको छ ।

डिप्लोमा इञ्जिनियर्स एशोसिएशन नेपाल (डिन), कोलम्बो प्लान स्टाफ कलेज (सिपिएससी) मनिला र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् –सिटिइभिटी) को आयोजनामा काठमाडौंमा हुने सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका २० मुलुकका ५० जना विज्ञ तथा अन्य सहभागी गरी करीब ५०० जनाको सहभागिता रहनेछ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सार्क डिप्लोमा इञ्जिनियर्स फोरम ९एसडिइएफ०को सहकार्य रहने सम्मेलनमा विभिन्न मुलुकका सहभागीले अनुभव आदानप्रदानसहित २५ वटा कार्यपत्र प्रस्तुत गरिनेछ ।

डिनका अध्यक्ष तथा सम्मेलन आयोजक समितिका अध्यक्ष कामेश्वरप्रसाद सिंहले सम्मेलनले प्राविधिक व्यावसायिक शिक्षाका क्षेत्रमा भइरहेको कार्यबारे छलफल गर्नाका साथै इञ्जिनियरिङ क्षेत्रका उत्कृष्ट उपलब्धिको अवलम्बन र सफल मोडलहरुको आदानप्रदान गर्ने बताए ।

उहाँले यसले राष्ट्रिय, क्षेत्रीय मात्र नभई अन्तराष्ट्रिय क्षेत्रमा सम्बन्ध विस्तार गर्दै गुणस्तरीय विकासका लागि सम्बन्ध विस्तार बताए ।

  • २८ श्रावण २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !