राष्ट्रपतिद्वारा क्रिकेट टोलीलाई बधाई

आजभोलि

काठमाडौं । नेडरल्यान्ड्समा एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा भेट गरी मंगलबार बधाइ दिएकी छन् । नेडरल्यान्ड्स विरुद्धको २ एक दिवसीय शृंखलामा नेपालले पहिलो खेलमा हार व्यहोरेको थियो भने दोश्रोमा जित हात पारेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मिडिया मार्फत क्रिकेटलाई नजिकबाट नियाली रहेको बताउदै सम्भावना भएका खेललाई बढी मलजल गरी फल प्राप्त गर्नेतर्फ सरोकार निकायले चासो दिनु पर्ने धारणा व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले क्रिकेटको समस्या समाधान गर्न आफ्नो तर्फबाट सहयोग आवश्यक परे सक्दो सहयोग गर्न तयार रहेको बताइन् ।

‘क्रिकेट समस्या समाधान गर्न आवश्यक परे मेरो तर्फबाट सहयोग हुन्छ । यो मेरो इच्छा हो । आश्वासन होइन् । किन कि म खेलकुदको विकास भएको हुर्ने चाहन्छु ।’ राष्ट्रपति भण्डारीले भनिन्– ‘क्रिकेटको समस्या चाँडो समाधान होस् । उल्झनको विषय नबनाउँ ।’

राष्ट्रपति भण्डारीले खेलकुदलाई विद्यालय तहदेखि नै विकास गर्न आवश्यक रहेको बताउदै क्रिकेट टोलीले हासिल गरेको उपलब्धीको प्रशंसा गर्दै बधाइ दिइन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सीमित श्रोत र साधनका बावजुद क्रिकेट टोलीले हासिल गरेको सफलता सराहनीय भएको बताउदै क्रिकेटको भविष्य उज्वल रहेको बताए ।

सदस्य–सचिव विष्टले मुलपानी क्रिकेट रंगशालाको जग्गा मुआब्जाको समस्या क्याबिनेटबाट सम्बोधन भइसकेको बताउदै चाँडै क्रिकेटको निलम्बन पनि फुकुवा हुने बताए ।

सदस्य–सचिव विष्टले देशका विभिन्न भागमा क्रिकेटका पूर्वाधार निर्माण भइरहेको जानकारी गराउदै राष्ट्रपति समक्ष भदौ २ गतेदेखि इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदमा नेपालको सहभागिता बारे संक्षिप्त जानकारी गराएका थिए । उनले इन्डोसिया एसियाडमा नेपालले अहिलेसम्मकै उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गर्दै विगतको भन्दा एसियाडको तयारी राम्रो भएको बताए ।

क्रिकेट मुख्य प्रशिक्षक जगत टमाटाले धेरै संघर्षपछि क्रिकेटले अहिलेको सफलता हासिल गरेको बताउदै यसमा धेरैको योगदान रहेको बताए ।

Photo: www.nsc.gov.np

  • ३० श्रावण २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !