एजेन्सि । भारतका पूर्व प्रधानमन्त्ती तथा भाजपाका वरिष्ठ नेता अटल बिहारी बाजपेयीको मृत्यु भएको छ । उनको ९३ वर्षको उमेरमा निधन भएको छ । उनको नया दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचारको क्रममा निधन भएको हो ।
राजघाटमा रहेको राष्ट्रिय स्मृति भवनमा उनको अन्तिम संस्कार हुने छ । ३६ घण्टादेखि नाजुक स्वास्थ अवस्थाका बाबजुद उनको उपचार भइरहेको थियो । तर स्वास्थ्यमा कुनै सुधार नआएपछि उनलाई लाइफ सर्पोट सिस्टममा राखिएको थियो । उनलाई भारतीय समय अनुसार ५ः३० मृत घोषणा गरिएको थियो ।
केन्द्रीय गृहमन्त्री राजनाथ सिंहका अनुसार उनको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीको लागि राष्ट्रिय राजधानी स्थित उनको निावसमा राखिनेछ । बाजपेयी लामो सामदेखि किड्न, नलीमा संक्रमण, छाती सम्बसन्ध समस्यालगायत रोगबाट पिडित भएको उनकोपरिवारले जनाएको छ ।
पहिलो पटक १९९७ मा उनी प्रधानमन्त्रीको भएका थिए । । उनले सन् १९९८ को अप्रिल १९ तारिखका दिन पनि पुनः प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै १३ दलको गठबन्धन सरकार मार्फत् पाँच वर्षुसम्म भारतको प्रधानमन्त्री भएका थिए । उनी भारतका लोकप्रिय नेता थिए । उनी भाजपाका संस्थापक नेता पनि हुन् ।