राजनीति नहारेका बाजपेयी मृत्युसँग हारेः यस्तो छ, उनको ४७ वर्षे राजनीतिक जीवन

आजभोलि

एजेन्सि । तीन चोटी प्रधानमन्त्री भएका अटल बिहारी बाजपेयी १० पटक लोकसभा र २ पटक राज्यसभामा निर्वाचत भएका थिए । उनी ४७ वर्ष सांसद रहे ।

उनले जीवनमा एक पटक मात्र १९४८ मा कांग्रेसका माधवराज सिंधियासँग हारेका थिए । बाजपेयीले लगारतार १९९ देखि २००९ सम्म लखनउबाट प्रतिनिधित्व गरेका थिए । दोस्रो र चौथो लोकसभामा भने उनी बलरामपुरबाट निर्वाचित भएका थिए । र, छैठौ र सातौं लोकसभा निर्वाचन उनले दिल्लीबाट जितेका थिए ।

उनी १९६६ र १९८६ सम्म राज्य सभामा निर्वाचित भएका थिए । उनले २००५ मा मूम्वइमा भएको भापजाको एक कार्यक्रममा राजनीतिबाट सन्यास लिएका थिए ।

बाजपेयी १९९६ देखि २००४ सम्म तीन चोटी प्रधानमन्त्री भए । पहिलो चोटी उनी १३ दिनको लागि मात्र प्रधानमन्त्री भएका थिए । १९९८ मा १३ महिनाको लागि प्रधानमन्त्री भएका थिए । तर १९९९ देखि २००४ सम्म उनले पूरा पाँच वर्ष प्रधानमन्त्री पद सम्हालेका थिए ।

सधै राजनीतिमा जितेका बाजपेयीले लामो समय संघर्ष गर्दा पनि मृत्युसँग भने हारे । ३६ घण्टाको लामो संघर्षपछि उनलाई डाक्टरहरुले बचाउन सकेनन् । विभिन्न रोगबाट ग्रसित उनी अन्ततः कालसँग भने जित्न सकेनन् ।

भाजपा भित्र निकै लोकप्रिय उनी लामो समयसम्म राजनीतिको मूल केन्द्रमा रही रहे । उनको शालिनता तथा अनुभवले भारतीय प्रधानमन्त्रीहरु मध्ये बाजपेयी निकै रुचाइएका प्रधानमन्त्री हुन् ।

  • ३१ श्रावण २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !