जथाभावी काम नगर्न स्थानीय जनप्रतिनिधीसँग प्रधानमन्त्री ओलीको आग्रह

आजभोलि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा अनियमितता भएको,जनताका काम जनप्रतिनिधीले सहज ढंगले नगरिदिएको गुनासो धेरै आएकोले त्यस बिषयमा गम्भिर हुने जनप्रतिनिधीहरुलाई प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ ।

ओलीले स्थानीय तहमा हुने गरेको भ्रष्टाचार, जनप्रतिनिधीले उपभोग गरेका सुविधाको बिषयमा चासो व्यक्त गर्नुभएको छ । गाउँपालिका राष्ट्रिय महासंघको प्रतिनिधी मण्डलसँग आज सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले यस बिषयमा चासो व्यक्त गर्नु भएको हो ।

“कतिपय ठाउँमा मेयर,उपमेयर, अध्यक्ष, उपाधक्ष्यले महंगा गाडी किनेको,कतिपय वार्ड अध्यक्षले डोजर किनेर सडक बनाउने ठेक्का आफैं लिएका गुनासाहरु आएका छन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तपाईंहरु जनप्रतिनिधी हो । त्यस कारण जनताले नरुचाउने काम नगर्नुहोस । जनताले जे रुचाउछन् त्यस काममा केन्द्रीत हुनुहोस ।

कतिपय सुविधा कानुनले दिएको भनेर त्यसै अनुसार उपभोग नगर्न प्रधानमन्त्री ओलीले सजग गराउनु भएको छ । राजनीतिमा त्याग पनि महत्वपूर्ण भएको स्मरण गराउंदै त्यस्ता सुविधालाई अत्यावश्यक बाहेक अहिले त्याग गरेर जनताको मन जित्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले गाउँपालिकाका जनप्रतिनिधीलाई देश निर्माणको ठुलो जिम्मेवारी भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले गाउँपालिका दुर्गम ठाउँमा हुने,साधन स्रोतको कमी हुने भएकोले त्यहाँका जनप्रतिनिधीले धेरै चुनौतिमा काम गर्नु पर्ने बाध्यता रहेको बताउनुभएको छ । “जतिसुकै चुनौति भए पनि देश निर्माणको जग भनेको तपाईंहरु नै हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “दुर्गमका बस्तीहरु, राज्यको सेवा सुविधा नपुगेका जनताहरुमा तपाईंहरुले नै सेवा प्रवाह गर्ने हो” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यस कारण देश निर्माणका लागि जनताले तपाईंहरुलाई ठुलो जिम्मेवारी दिएका छन् ।”

सुगम ठाउँहरु नगरपालिका र महानगरपालिका हुने भएकोले त्यहाँका जनप्रतिनिधीलाई केही सहज हुुने तर गाउँ पालिकाहरुमा यस्तो स्थिती नुहने प्रधानमन्त्री ओलीको भनाइ छ । “दुर्गम भएर नै गाउँपालिका भयो” प्रधानमन्त्री ओलीले भन्नुभयो “सुगम ठाउँ भएको भए नगरपालिका भइसकेका हुन्थे ।”

स्थानीय तहका जनप्रतिनिधीका कामबाट जनताले प्रदेश र संघीय सरकारप्रतिको पनि धारणा बनाउने भएकोले आफ्नो आचरणमा बिशेष ख्याल गर्न प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ ।

  • ३१ श्रावण २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !