कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले पशुमाथि कर लगाएपछि सबै गाउँलहरुले पशु नगरपालिकाको जिम्मा लगाएका छन् । आफ्ना गोठबाट गाई भैसी,बाख्रा तथा गोरु फुकाएर नागरपालिका कार्यालय परिसरमा भित्र छोडेका छन् ।
निकै आक्रासित स्थानीलय मेयर तथा उपमेयरबिरुद्ध नारबाजी गरेका थिए । लगभग १ हजार पशु सडकमा छोडको थिए । स्थानी किसानसँग प्रहरीसँग दोहोरो तनाब सिर्जना भएको थियो । स्थानीयसँग प्रहरीले नसकेपछि सडक खुला गरेको थियो ।
स्थानीयहरुले बिरोध गरेका थाहा पाएपछि मेयर तथा उपमयेर कर्यालय छोडेर भागो थिए । शुक्लाफाँटा नगरपालिकाले गाई भैसी तथा बाख्रा, खसी र बोकामा कर लगाएको छ । कर १५० देखि २५० सम्म रहेको स्थानीयले जानकारी दिए । उक्त कर घरपालुका पशुमा खरिद बिक्रीमा लगाएको छ ।
निकै आक्रोसित स्थानीयले पशुमा लगाएको कर फिर्ता नभए फेरी सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
File photo