काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको निधन भएको छ । उनको ८० वर्षको उमेरमा निधन भएको हो ।
कोफी अन्नान फाउण्डेशनले शनिवार उनको मृत्यु भएको पुष्टि गरेको हो । सामान्य विरामी भएर उपचारको क्रममा उनको मृत्यु भएको जनाइएको हो ।
अफ्रिन देशहरुबाट संयुक्त राष्ट्रसंघको महासचिव हुने उनी पहिलो नागरिक हुन । उनी सन् १९९७ देखि २००६ सम्म महासचिव भएका थिए । उनले सिरियाको लागि राष्ट्रसंघको विशेष दूतको रुपमा रहेर काम गरेका थिए ।
उनले महासचिव रहँदा विश्व शान्तिका लागि उल्लेख्य कार्य गरेका थिए । उनको नेर्ततवमा विश्वका कयौं देशको द्वन्द्व समाधान भएको थियो ।