मधेशप्रति अपमान र वेइमानी गरेको भन्दै राजपा सांसदद्वारा प्रधानमन्त्री ओलीलाई बहिस्कार

आजभोलि

जनकपुर । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर दुई को प्रदेशसभा बैठकमा गरेको सम्बोधन राजपाका ३ जना सांसदले बहिस्कार गरेका छन् । बहिस्कार गर्नेमा बिक्की यादव, उपेन्द्र महतो र गौरी नारायण साह रहेका छन् । उनीहरुले प्रधानमन्त्री ओली मधेश बिरोधी भएकाले बहिस्कार गरेका बताएका छन् ।

बहिस्कार गर्ने मध्येका एक जना सांसद बिक्की यादवल भने, प्रधानमन्त्री ओलीले बारम्बार मधेशलाई धोका दिएका छन् । र, मधशी जनतालाई अपमान गरेको आरोप लगाए । उनले अगाडि भने, मधेश आन्दोलनको बेला प्रधानमन्त्री ओलीले मधेश आन्दोलन दबाउन शक्तिको प्रयोग गरेको र तथानाम मधेशी जनतालाई होच्याउने गरी अभिव्यक्ति दिएकोले पनि हामीले बहिस्कार गरेका हौ ।

उनले जहिले पनि मधेशी नागरिकलाई दोस्रो दर्जाको रुमा हेरेको र अहिलेसम्म पनि मधेश आन्दोलनलाई नस्वीकारेकोले बहिस्कार गर्नु परेको बताए ।

अर्का सासंदले भने, प्रधानमन्त्रीको सम्बोधन संघीयतालाई कमजोर पार्ने षडयन्त्र भएको आरोप लगाए । उनका अनुसार विना कुनै समारोह किन एकाएक आएर मधेशी जनतालाई उपदेश दिनु परयो । यो सबै संघीयता असफल पार्ने खेल अन्तरगतका प्रधानमन्त्री ओलीको डिजाइन हो ।

युवा सांसद यादवले थप स्पष्ट पार्दै भने, मधेश आन्दोलनको बेला गठन गरिएको आयोगको प्रतिवेदन अहिलेसम्म किन सार्वजनिक नगरेको ? यो राज्यको चलाखी पन हो । मधेश आन्दोलनमा सहभागी भएको सयौं मधेशी नेता तथा जनतामाथि अझैसम्म पनि मुद्दा लगाइएको छ । बिना आधार फासाउने कार्य गरेको छ । यसकारण पनि हामीले प्रधानमन्त्री ओलीलाई नै बहिस्कार गरेका हौं ।

सरकारले संविधान संशोधनको कुनै पहल नगरेको भन्दै तीनै जना सांसदले फेरी पनि मधेशी जनतामाथि जालझेल भइरहेको दाबी गरे । संविधान संशोधन नभई मधेश आन्दोलनको सम्बोधन नहुने भएकाले जबसम्म संविधान संशोधन हुँदैन, तबसम्म बहिस्कार जारी रहने पनि बताए ।

उनीहरुले थुनामा रहेका रशेम चौधारीको वाइइज्जत रिहा गर्न, र जानदेशको सम्मान गर्न पनि माग गरेका छन् ।

राजपाले बहिस्कार नगर्ने अनि तपाईहरुले मात्र किन बहिस्कार गरेको भन्ने ओजभोलिका् प्रश्नमा सांसद यादव भने, हामी जनताको प्रतिनिधि हो । हामीले मत माग्ने बेला गरेको प्रतिबद्धता र जनतालाई दिएको आश्वासन अनुसार बहिस्कार गरेका हौ । यसले हामीलाई मधेश तथा मधेशी जनताप्रति थप जिम्मेवार बनाएको महसुस भएको बताए ।

यावदले भने, हामीले बहिस्कार गरेपछि मधेशी जनता, बुद्धिजीवि, नेता तथा नागरिक अगुवाबाट बधाई तथा शुभकामना पाइरहेका छौ । सँगै स्याबासी पनि पाएका छौ, उनले भने ।

File Photo

  • २ भाद्र २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !